Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनाको रथीमा सिग्देल बढुवा

२९ शुक्रबार , मंसिर २०८०१० महिना अगाडि

सेनाको रथीमा सिग्देल बढुवा

नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई सरकारले बढुवा गरेको छ । रक्षा मन्त्रालयको प्रस्ताव र जंगी अड्डाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनलाई रथीमा बढुवा गरेको हो ।

उनको बढुवासँगै अब २०८१ साल भदौ २४ गतेदेखि सिग्देल नेपाली सेनाको प्रधानसेनापति बन्न सक्नेछन् । तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि एक रथी पद रिक्त रहेको थियो । उक्त रिक्त स्थानमा सिग्देल बढुवा भएका हुन् ।

यसअघि तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्ने तयारी भएपनि उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा अलग जन्ममिति पाइएपछि जंगी अड्डाले छानबिन गरेको थियो । त्यसलगत्तै पाण्डेले कात्तिक २४ गते राजीनामा दिएका थिए ।

पाण्डे राजीनामा दिएर बाहिरिएपछि सेनाले वरीयताका आधारमा सिग्देललाई बढुवाको बाटो खुलाउने गरी सूचना निकालेको थियो ।