Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिदै

२९ शुक्रबार , मंसिर २०८०३ बर्ष अगाडि

खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिदै

नक्कली शरणार्थी प्रकरणमा  थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई  उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले आज सम्पत्ति शुद्धीकरण विभागमा लाने तयारी गरेको हो ।

पूर्व गृहमन्त्री समेत रहेका खाँणलाई बिहिबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेकाले उनलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको हो ।

यसअघि उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएकाहरूलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो । खाँणलाई उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाए सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ ।

विभागबाट रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिने बताईएको छ । अख्तियारले तारेखमा रिहा गर्ने सम्भावना रहेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री खाँणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । 

यसअघि उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाँणलाई छाड्नेबारे राय बझिदा उनि थुनामै रहेका थिए । हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।