Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

'ढाकछोप पत्रकारिता' मौंलाउन नदिउँ : काउन्सिल अध्यक्ष बस्नेत

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

'ढाकछोप पत्रकारिता' मौंलाउन नदिउँ : काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र 'ढाकछोप पत्रकारिता' बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको बताए ।

कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको भन्दै उनले सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको उल्लेख गरेका छन् ।'कुनै नयाँ र खोजमूलक सामग्री कम तर केही बेथितिका कुरा आउला भनेर ढाकछोप गर्नका लागि पनि अनलाइन खुलेका देखियो ।' उनले भने, 'त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ ।'

बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गरे । काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए । काउन्सिलका सदस्य दिपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने भन्दै सूचना खोज्ने पत्रकारले नै विज्ञापन पनि खोज्न नहुने सुझाव दिएका छन् ।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।