Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अध्यक्षमा पुनः चन्द्र ढकाल

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

अध्यक्षमा पुनः चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः चयन  भएका छन् । मंसिर २८ गते १७औं वार्षिक साधारणसभा भएको थियो ।६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । बैंकका अनुसार साधारणसभाबाट संस्थापक सेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने छन् ।
यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९÷८० को कुल मुनाफाबाट सेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पनि पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९÷८० मा प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । आर्थिक वर्ष २०७९÷८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ ।