Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चार महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स भित्रीयो

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

चार महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स भित्रीयो

चालु आर्थिक वर्षको चार महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स भित्रीएको छ । आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स मुलुक भित्र भित्रिएको हो ।

साउनदेखि कात्तिकसम्म नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह २६.४% ले वृद्धि भएको बताइएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.४% ले बृद्धि भएको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३.१% ले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८% ले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४ सय २८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९% ले वृद्धि भई रु पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२% ले बढेको थियो ।