Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालकृष्ण खाणको मुद्धाको सुनुवाइ आज हुने

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

बालकृष्ण खाणको मुद्धाको सुनुवाइ आज हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्धाको सुनुवाइ आज हुने भएको छ । उच्च अदालत पाटनमा पेसी तोकिए सँगै आज सुनुवाइ हुने भएको हो ।

पूर्व गृहमन्त्री समेत रहेका खाणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने बताइएको छ । उच्च अदालत पाटनमा आज एकल इजलासमा पेसी तोकिने बताईएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा यसअघि राय बाझिएको थियो । 

न्यायाधीशद्वयले  खाणलाई ३० लाख धरौटीमा छाड्ने र थुनामै राख्नुपर्छ भन्ने राय बाझीएको थियो ।

यसअघि दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो ।

आज गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिने बताइएको छ ।

उच्च अदालतले गत मंसिर १५ गते नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो ।