Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायलमा मारिएका विद्यार्थीलाई इजरायली नागरिकसरह बिमा सुविधा दिने

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

इजरायलमा मारिएका विद्यार्थीलाई इजरायली नागरिकसरह बिमा सुविधा दिने

इजरायलमा मारिएका नेपाली विद्यार्थीलाई इजरायली नागरिकसरह बिमा सुविधा उपलव्ध गराउने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले टीकापुरमा मृतक विद्यार्थीका परिवारलाई भेटेर नेपाली विद्यार्थीका परिवारलाई पनि इजरायली नागरिकसरह बिमा सुविधा दिइने बताएको हो ।

टीकापुरमा विद्यार्थीका परिवारलाई भेटेर राजदूत गोडरले हालै इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई पनि इजरायली नागरिकसरह बिमा सुविधा दिइने बताएका हुन् ।

मृतक परिवारका अभिभावकले राजदूतको टोलीसँग दुखेसो गरेपछि इजरायली राजदूतसहित दूतावासका प्रतिनिधिले इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारको कागजातसहित अभिलेख संकलन गरेर बिमा सुविधाको रकम परिवारको खातामा जम्मा हुने गरी व्यवस्था मिलाउने दूतावासका एक प्रतिनिधिले बताएका छन् ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये दस जना विद्यार्थीको हमासको आक्रमणबाट मृत्यु भएको थियो ।