Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगायो

२७ बुधबार , मंसिर २०८०१० महिना अगाडि

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगायो

यसअघि भारतले ४० प्रतिशत निर्यात कर लगाए निर्यात गरेको प्याज निर्यातमा अहिले पूर्ण प्रतिबन्ध लगाएको छ । सन् २०२४ को मार्चसम्मका लागि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले प्याजको निर्यातमा रोक लगाएको हो ।  

तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएको हो । तर, अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने महानिर्देशनालयको सूचनामा उल्लेख गरिएको छ ।

भारतको प्रतिबन्धले पछिल्लो समय नेपाली बजारमा प्याज अभाव बढेको छ भने आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेको बताईएको छ ।