Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चिसो बढेसँगै पर्सामा बिरामीको संख्या बढ्दो

२७ बुधबार , मंसिर २०८०३ बर्ष अगाडि

चिसो बढेसँगै पर्सामा बिरामीको संख्या बढ्दो

पर्सा जिल्लामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र स्वासप्रस्वास  बिरामी बढेका छन् । केहि दिनदेखि बढेको चिसो र शीतलहरको कारण पर्साको शहरी तथा ग्रामिण बस्तिहरुमा स्वासप्रस्वास,रुघाखोकी, ज्वरोका बिरामी बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साले चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दा वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको जनाएको छ ।

चिसोले दुधेबालक र वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाका समस्या देखिएको बताईएको छ । साथै, केही दिनदेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

दैनिक ३० देखि ४० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी उपचारका लागि अस्पताल आउने गरेको पनि डा. सिंहले बताएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्दा बेडको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।