Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण निषेध

२७ बुधबार , मंसिर २०८०१० महिना अगाडि

सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण निषेध

आजदेखि काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरेको छ । यसअघि महानगरले आजदेखि खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरे बमोजिम बिक्री वितरणमा निषेध गरेको ।

सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको भन्दै महानगरले चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको बताएको छ । यदि महानगरको सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत समेत दिईएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ अनुसार महानगरले शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटेल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा धूम्रपान, चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ लाई निषेध गरेको हो ।

जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था भएअनुसार काठमाडौँ महानगरपालिकाले  निषेध गरेको बताएको छ ।