Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा भारू बजेट, भारतको सिधै लगानी

२६ मंगलबार , मंसिर २०८०१० महिना अगाडि

नेपालमा भारू बजेट,
भारतको सिधै लगानी

काठमाडौं । प्रचण्ड सरकारले २०८३ सालसम्म साना योजनाका नाममा नेपालमा सोझै प्रति योजना ५ करोड भारूबाट बढाएर २४ करोड भारूसम्म लगानी गर्न दिने निर्णय गरेपछि हस्ताक्षर गर्न विदेश मन्त्री एस जयशंकर पुस १९ गतेतिर नेपाल भ्रमणमा आउने निधो भएको छ ।
भारतले आयोजना गरेको जी २० सम्मेलनमा नेपाललाई निम्त्याएन । यतिबेला भने प्रधानमन्त्रीको भ्रमणका बेलामा भएको सहमति र पूर्व सम्झौताअनुसारका योजनामा सही गर्ने कार्यक्रमको भ्रम छरिएको छ । भन्नलाई पञ्चेश्वर, १० हजार मेगावाट विद्युत खरिद र भारतले सोझै नेपालमा गर्ने साना परियोजनामा हस्ताक्षर हुनेछ ।
प्रश्न के छ भने संसारमा कुनै राष्ट्रले अर्को राष्ट्रमा सोझै लगानी कहाँ गरेका छन् ? यसले के सन्देश जान्छ ? यस विषयमा संसदमा किन बहस भएन, कुनै जनप्रतिनिधि बोल्दैनन, आश्चर्य ।
भारतीय अतिक्रमणकारी सक्रियता
काठमाडौं । नेपालमा चीनको प्रभावकारीता बढ्न थालेपछि भारतले अमेरिकाको सहयोगमा नेपालमा थप सक्रियता देखाउन थालेको छ । भारतले सहयोग खोजोस् भन्ने दाउ हेरिरहेको अमेरिकाले भारतको काँधमा बारूद राखेर बेइजिङ्सम्म धमाका आउने गरी पड्काउने निश्चित छ ।
भारतले नेपालमा अस्थिरता बढाएर अराजक नेपालमा आफ्नो एजेण्डा लाद्ने प्रयास यसपल्ट असफल भएको कूटनीतिक निष्कर्ष सुनिन्छ । भारतको नेपालप्रति नयाँ चाल हेर्दा लाग्छ, आगामी दिनमा नेपालमा लामो समयसम्म राजनीतिक आन्दोलनको नाममा अस्थिरता कायम राख्न सकिन्न भन्ने निष्कर्ष पुगेरै दृश्य वा गोप्य भारतको दबाब नेपालमा बढ्न थालेको छ । यो सकृयताले यिनै दलहरूमार्फत भारतीय स्वार्थहरू पूरा गराइने खतरा बढयो ।