Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वहारा प्रजातान्त्रिक सभापति

२६ मंगलबार , मंसिर २०८०१० महिना अगाडि

सर्वहारा प्रजातान्त्रिक सभापति

काठमाडौं । टिकटक बन्द गर्ने स्वीकृति कांग्रेस सभापतिले कसरी दिए यो सरकारलाई । प्रधानमन्त्री प्रचण्ड हुन् तर निर्णायकत्व त कांग्रेसकै छ । आफूलाई प्रजातन्त्रको बिडा उठाएको मान्ने र ठान्ने कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुको साटो नियन्त्रण गरेर स्वतन्त्रताको जोखिमलार्य किन काँध थापेको होला ? आश्चर्य छ ।
कांग्रेसले तत्काल यस्तो अप्रजातान्त्रिक र संविधानविरोधी निर्णय फिर्ता लिन लगाएर उचित नियमनको तरिकाले टिकटकको नकारात्मक पक्षलाई नियमन र निरूत्साहित गर्नेतिर लग्नु उचित हुने छ । लोकतन्त्रविरूद्ध काल पल्काउने कि लोकतन्त्रको रक्षाका लागि कांग्रेस अग्रसर हुने प्रश्न उठिसक्यो ।