Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टर्कीमा हिन्दुको संख्या बढ्दै

२६ मंगलबार , मंसिर २०८०१० महिना अगाडि

टर्कीमा हिन्दुको संख्या बढ्दै

मुसलमानको आधिक्य रहेको र दोस्रो सङ्ख्यामा इसाई रहेको टर्कीमा हिन्दूहरूको सङ्ख्या बढिरहेको छ । त्यहाँ २०५६ सालमा ३ सयजना हिन्दू थिए, २०६६ सालमा ७ सय २८ जना हिन्दू भेटिए, २०७६ सालमा हिन्दूको सङ्ख्या बढेर १ हजारभन्दा बढी पुग्यो । त्यहाँको सानलुर्फा सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा पुरातत्त्ववेत्ताहरूले उत्खनन गर्दा पुरानो संरचनाको भग्नावशेष भेटियो । त्यसको परीक्षण र अनुसन्धान गर्दा त्यो संरचना ११ हजार वर्ष पुरानो मन्दिर ठहरियो । कसैकसैले त्यसलाई नवपाषाण युगको तीर्थयात्राको केन्द्र पनि भने । युनेस्कोले त्यसलाई २०७४ सालमा विश्व सम्पदा सूचीमा राख्यो । त्यहाँका स्तम्भहरूमा कोरिएका चित्र र मूर्तिहरूका कारण त्यो संरचना हिन्दू मन्दिर रहेको स्पष्ट भयो । यस घटनाले टर्कीमा हिन्दूहरूको सङ्ख्या बढाउन ठूलो भूमिका खेलेको छ । हाम्रो मूल धर्म त हिन्दू पो रहेछ भनेर अचेल त्यहाँका मुसलमान र इसाईहरू हिन्दू धर्ममा फर्कन खोजिरहेका छन् । त्यहाँ हिन्दू धर्मका बारेमा राम्ररी बुझाइदिने व्यक्तिको आवश्यकता देखिएको छ ।

  • हरि मञ्जुश्री