Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बालविवाह मुक्त पालिका घोषणा गर्न कार्यविधि जारी

२६ मंगलबार , मंसिर २०८०३ बर्ष अगाडि

बालविवाह मुक्त पालिका घोषणा गर्न कार्यविधि जारी

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्न 'बालविवाह मुक्त पालिका कार्यविधि २०८०' जारी गरेको छ । पालिकाले एक भेलाको आयोजना गर्दै पालिकालाई बालविवाह मुक्त पालिका कार्यविधि २०८० जारी गरेको हो ।  

पालिकाद्धारा आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन बालविवाह मुक्त पालिका कार्यविधि २०८० बनाइ जारी गरिएको बताएका छन् ।  

‘बालविवाह, जीवन तवाह’ भन्ने मूल नाराका साथ बालविवाहविरुद्धको बृहत् भेलाको आयोजना गरिएको बताउँदै अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

संघीय सरकारले अवलम्बन गरेको बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पालिकामा कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको पनि अध्यक्ष यादवले जानकारी दिएका छन् ।