Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२० वर्षीय युवतीबाट तिम्ल्याहा शिशुको जन्म

२६ मंगलबार , मंसिर २०८०१० महिना अगाडि

२० वर्षीय युवतीबाट तिम्ल्याहा शिशुको जन्म

बारामा एक २० वर्षीय युवतीले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन शिशुलाई जन्म दिएका हुन् ।

गत आइतबार वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा शल्यक्रियामार्फत मिन्कुदेवी रामले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् । अहिले शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको बताइएको छ ।