Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज एनसेलविरुद्ध दायर रिटको सुनुवाइ हुने

२६ मंगलबार , मंसिर २०८०१० महिना अगाडि

आज एनसेलविरुद्ध दायर रिटको सुनुवाइ हुने

सांसद अमरेशकुमार सिंहले दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । सांसद सिंहले गत शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको हो ।

आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा दुई दिन हेर्न नभ्याइनेमा परेको रिटको आज सुनुवाइ हुने भएको हो ।  दुवै दिन हेर्न नभ्याइनेमा परेपछि रिटको पेशी आजलाई सरेको हो ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै रिट दायर गरेका हुन् । उनले एनसलेको ८० प्रतिशत शेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।

सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।