Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सङ्घर्षले पत्रकारितामा स्थापित नाम गिरिजाप्रसाद अधिकारी

२१ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

सङ्घर्षले पत्रकारितामा स्थापित नाम गिरिजाप्रसाद अधिकारी

काठमाडौं । २२ वर्षअघि बीरगञ्जबाट बाराको अमलेखगञ्जसम्म बसमा पत्रिका बेच्ने ती हकर गिरिजा प्रसाद अधिकारीको परिचय अहिलेसम्म आइपुग्दा बदलिएको छ । अहिले उनले बनाएको परिचय निकै फराकिलो छ र विगतका संघर्षले उनलाई यहाँसम्म ल्याइपुर्याएको छ । 
सिन्धुपाल्चोकमा २०४२ सालमा जन्मिएका अधिकारी विभिन्न ठाउँमा बसाइसराई गर्दै मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकामा पुगे । उनै हकर अधिकारी अहिले बागमती प्रदेशको राजधानी हेटौंडाबाट सञ्चालनमा आएको तु खबर डटकमको सम्पादक छन् । टेलिभिजन, एफएम रेडियो र छापा पत्रिकामा कहलिएका अधिकारी अनलाइन पत्रकारितामा पनि स्थापित नाम हो । 
२०५५ ÷५६ तिर स्कूले जीवनमै उनले हरेक दिन विहान पत्रिका बेच्थे र १० बजेपछि विद्यालय जाने गर्दथे । विहान प्रतीक दैनिकको कार्यालय बीरगञ्ज पुगेर पत्रिका लिनु बेच्नु र फर्किएर विद्यालय जानु उनको दिनचर्या थियो । पछि सोही पत्रिकामा उनले जीतपुर डेटलाइनमा समाचार लेखे, लेख लेखे । सोहीबेलादेखिको कर्मलाई उनले अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन् । 
वि.स.२०५८ सालमा एसएलसी उत्र्तीण गरेपछि अधिकारीले पत्रकारिता क्षेत्रलाई नै पेसा बनाएर क्रियाशील भइरहेका छन् । प्रतीक दैनिक, सत्यसन्देश दैनिक, हेटौंडा सन्देश दैनिक, पहल साप्ताहिक, नयाँ पत्रिका दैनिक, सौर्य दैनिक, थाहा सन्देश दैनिक, प्रदेश दैनिक, मनकामना एफएम, नेशनल एफएम, शक्ति एफएम, रेडियो सरोबर, रेडियो सगरमाथालगायत थुप्रै सञ्चार माध्यममा काम गरिसकेका अधिकारी मिडियासम्बन्धी अध्ययन अनुसन्धानमा पनि स्थापित छन् । 
वि.सं.२०७३ सालदेखि यता तु खबर डटकममा सम्पादकको भूमिकामा उनी आवद्ध छन् । उनले नेतृत्व गरेको तु खबर डटकम तीव्र र विश्वसनीय समाचारको निम्ति प्रख्यात छ । 
पत्रकारितामा उचाइ प्राप्त गरेका अधिकारी सूचनाको हकको क्षेत्रमा पनि परिचित नाम हो । उनले पत्रकारिता मार्फत् सूचनाको हकको क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै राष्ट्रिय सुचना आयोगले उनलाई पुरस्कृत समेत गरेको छ । 
मकवानपुरे पत्रकारिता इतिहास र समीक्षा (२०६५) को सम्पादनसमेत गरेका अधिकारीको मकवानपुरमा मिडिया र बज्जिका भाषा र मिडिया नामक अनुसन्धानमूलक चर्चित पुस्तक बजारमा आइसकेको छ । अधिकारीको २५ प्रतिवाद नामक कविता संग्रह भारतको दार्जिलिङबाट प्रकाशन भएको छ । सोही किताव नेपालको अल्पसख्यक भाषा बज्जिकामा समेत अनुवाद भएको छ । यसपछि मात्रै महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुनामदन यस भाषामा अनुवाद भएको छ । अन्य भाषाबाट बज्जिकामा अनुवाद हुने पुस्तकमा अधिकारीको २५ प्रतिवाद पहिलो पुस्तक हो ।
अधिकारीले पत्रकारिता र अन्य समसामयिक विषयमा स्थानीय र राष्ट्यि पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा लेखहरु पनि लेखिरहेका छन् । 
पत्रकार अधिकारीले पहल साप्ताहिकले प्रदान गरेको पहल खोज पत्रकारिता पुरस्कार, रिर्पोटर्स क्लव नेपालले प्रदान गरेको क्रियाशील युवा पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गरेको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, राष्ट्रिय सूचना आयोगले प्रदान गरेको सूचनाको हक सम्बन्धि पुरस्कार, प्रेस काउन्सिल नेपालले प्रदान गरेको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, कान्तिपुर मिडिया ग्रुपले प्रदान गरेको कान्तिपुर पत्रकारिता पुरस्कार, न्यू मिडिया एकेडेमी, राष्ट्रिय फोटो पत्रकार समूह लगायतकाले प्रदान गरेको पत्रकारिताका पुरस्कार र सम्मान पाएका छन् । सिजन मिडियाले प्रदान गरेको भर्साटाइल जर्नालिस्ट अवार्डबाट पनि उनी पुरस्कृत भएका छन् । पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान दिएकोमा उनले दर्जनौ राष्ट्रिय स्तरका सम्मान पनि प्राप्त गरेका छन् । 
नेपाल सरकारले उनलाई २०७८ सालमा उनलाई जनसेवा श्री नामक प्रतिष्ठित राष्ट्रपति पदक समेत प्रदान गरेका छ । पत्रकारितामार्फत् नेपाल राष्ट्रका लागि पु¥याएको योगदानको कदर स्वरुप उनलाई राष्ट्रपति पदक प्रदान गरिएको हो । 
अधिकारी हाल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका छन् । लोकतन्त्रवादीहरुको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा रहेर उनले काम गरिसकेका छन् । त्यसैगरी, अधिकारी नेपाल पत्रकार मञ्च र राष्ट्रिय फोटो पत्रकार समूहको मानार्थ सदस्य समेत रहेका छन् । - प्रस्तुती: विमल खतिवडा ।