Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

धन्यवाद अमेरिका । “पहाड र मधेशलाई अलग गर्न पाइदैन“

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

धन्यवाद अमेरिका।

नेपालको तैयारी पोसाक लगायतका उत्पादनलाई भन्सार छुटसहितको सुविधा दिन अमेरिकी सांसदहरुले सहमति गरेका छन्। भूकम्पको पीडा, त्यसमाथि आन्दोलन र भारतीय नाकावन्दीको विपत्तिबाट नेपालमा मानवीय संकट उत्पन्न हुनलागेकोले राहतस्वरुप अमेरिकाले नेपाललाई भन्सार छुट सुविधा दिन लागेको हो।धन्यवाद अमेरिका। यस सुविधाका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले समेत विशेष भूमिका खेलेकी थिइन्। नेपाललाई आफ्नाै आँखाले हेर्ने नीति लिएको खुलासा गर्ने महामहिम राजदूत टेप्लिजले सिधै अमेरिकाको नेपाल नीति परिवर्तनको छनक दिएकी  aथिइन्। भन्सार छुट सुविधाबाट त्यो प्रमाणित भएको छ। अमेरिकी सांसदहरुले नेपालको पुननिर्माणमा समेत यो छुट सुविधाले सहुलियत हुने विश्वास गरेका छन्। अमेरिकाले नेपाली तैयारी पोषाकलाई छुट रोक्का गरेपछि सुस्ताएको यो पेशा फेरि उठ्न सक्नेछ। र, कार्पेटलगायतका पेशाले पनि अवसर पाउनेछ। यही मौका हो, तैयारी पोसाक, कार्पेट उत्पादनलाई जिरोबाट माथि उठाउने र नेपालको अर्थतन्त्रलाई मजबुत पार्ने। यो अवसरलाई बढीभन्दा बढी सुविधा दिएर सरकारले उत्पादनमुखी बनाउन जरुरी छ। नाकावन्दीबाट जरजर बनेको नेपालको अर्थतन्त्र तङि्ग्रन सक्ने अवसर हो यो। अहिलेदेखि नै सरल उद्योग र वैंकनीतिको परिमार्जनको गृहकार्य थालिहाल्न जरुरी छ।

“पहाड र मधेशलाई अलग गर्न पाइदैन“

हिमानी शाह, पूर्वयुवराज्ञी। हिमानी ट्रष्ट स्थापना गरेर समाजसेवामा लागेकी छिन्। यिनी सामाजिक सञ्जालमा पनि सक्रिय रहेकी छिन्। यिनको फोटो र यिनका ८ विचारले भन्न खोजेको कुरा बुझ्नेले खुलस्तै बुझ्न सक्छन्। १. हाम्रो देशमा, कर्मचारी र नेता नीतिगत र संस्थागत भ्रष्टाचार गर्छन्। अदालत र अख्तियार सफाई दिन्छन्, भ्रष्ट्रकै उपस्थितिमा भ्रष्टाचार विरूद्ध दिवस मनाईन्छ। २. चाहे प्रजातन्त्र आओस्, चाहे गणतन्त्र आओस्, चाहे संघीयता आओस्, केही परिवर्तन हुनेवाला छैन। जबसम्म परिचालन गर्ने नेतृत्वको बिचार परिवर्तन हुँदैन। ३. साँच्चै सबैभन्दा बलवान त समय पो देखेँ मैले त। यसले मात्र सबैलाई परिवर्तन गर्ने सामर्थ्य राख्दो रहेछ। ४. नाकाबन्दी भए पनि नेपालीलाइ त तस्कारले वचाउने रैछन्। आम्मै, ग्याँस र पेट्रोल फालाफाल सडक नै भरी, दोकानै पिच्छे। ५. भारतले सीमामा प्रतिकिलोमिटर २४ एसएसबी राख्या छ, नेपालले जम्मा ३ शसस्त्र। नेपालले नि २४ पुर्‍याएर १० गजा खाली गराउन सक्नुपर्‍यो, अधिकार लिनुपर्छ। ६. जनताहरूले बिकास माग्दा नेताहरू मुख्यमन्त्री बन्ने लोभमा सबै समुदाय मिलेर बसेको देशमा आज संघीयता लादे, संघीयता बिकास होइन, हिंसाको माध्यम बन्न गयो। ७. पावरमा रहेका नेतालाइ के फरक पार्छ नाकाबन्दीले? उनीहरुलाई त रुघा लाग्ने बित्तिकै विदेशको ढोका खुल्ल्ला भै हाल्छ। मर्ने त सोझा जनता न हो। ८. हामी नेपाली जनताले पनि एक स्वरमा भनौं– “पहाड र मधेशलाई अलग गर्न पाइदैन“।