Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अब प्रश्न उठ्यो, राजतन्त्र कि गणतन्त्र ?

११ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

अब प्रश्न उठ्यो,
राजतन्त्र कि गणतन्त्र ?

एकजना व्यक्तिले आह्वान गरेको बिद्रोही जुलुसमा जनताले साथ दिए । यही मौकामा पूर्वराजा नेपाल निर्माताको सालिक अनावरण गर्न झापा जाँदा मंसिर ९ गते एमालेको गढ मानिएको बिर्तामोडमा लाखौं जनताले स्वागत र सत्कार गरे, राजा आउ देश बचाउ भन्ने नारा लगाए । यसको अर्थ पूर्वराजा १७ वर्षदेखि नागरिक जीवन यापन गरे पनि राजतन्त्र अझै राजनीतिक शक्ति हो ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै चुनौती दिए पनि राजधानीदेखि झापासम्म सत्तासीन दलको समूहले जनताको विरोधलाई थाम्न र थेग्न सकेन । एउटा व्यक्तिको आन्दोलन रोक्न ७ हजार सुरक्षा फौज परिचालन गर्दासमेत सत्ताले बिरोधलाई रोक्न र छेक्न सकेन । जनताको यो रूष्ठताबाट बुझ्नुपर्ने हो, १७ वर्ष शासन गर्ने हामीले लोकलाई लोकतन्त्रको विश्वास दिलाउन सकिएन । आफ्ना कमजोरी सुधारेर लोकलाई भरविश्वासमा कसरी लिन सकिन्छ भनेर छलफल गर्नुपर्ने हो । तर सत्तासीनहरू कसरी राजावादी, हिन्दुवादी, संघीयता बिरोधीलाई ठेगान लगाउन सकिन्छ भनेर संविधानप्रदत्त वाक स्वतन्त्रता समेत हनन गर्नतिर पो लागेको देखियो । उल्टो बाटो हिडेर कता पुगिन्छ, आकाशतिर फेर्केर थुके त्यसको नतिजा के हुन्छ, लोकतन्त्र र अग्रगमनकारी शक्तिहरूले बुझ्नुपर्ने हो । पञ्चायत कसरी गयो, बहुदल कसरी बदनाम भयो, लोकतन्त्रप्रति जनताले किन विश्वास गर्न सकेनन् ? किन किनारा लागेको राजतन्त्र जगाउन जनताले आवाज र सहभागिता बुलन्द गर्न थाले भन्ने नसोचेर निरंकूश हुनखोज्नुले सत्ता र ठूला दल तथा अग्ला नेताहरू झन झन कुप्रो र बाउन्ने हुनथालेको देखिदैछ ।
जनताको असन्तोषका विषयमा संवोधन गर्ने जिम्मेवारी सत्तासीन र प्रतिपक्षीको हो । जो संसदवादी छन्, जो लोकतन्त्रबाट विकास र समृद्धि चाहन्छन्, उत्तम व्यवस्था लोकतन्त्र हो भन्ठान्छन्, तिनले विधिको शासनलाई कुल्चदा जनतामा आक्रोश बढेको बुझ्नुपर्छ । जता पनि राजनीतिकरण गर्दा त्यसको नतिजा उल्टो आउनु पक्का थियो, सडकमा जनअसन्तोषको जुन बाढी उर्लिएको छ, त्यो त्यही उल्टो नतिजा हो । अब जनता जागेका छन्, अब जनताले विधिको शासन खोजे, जनउत्तरदायी नेतृत्वबिना यो आक्रोश मत्थर होलाजस्तो छैन । श्रीलंकामा यस्तै भएकाले नेतृत्वलाई ज्यान जोगाउनै धौधौ भएको थियो । नेपालमा त्यो दिन टाढा छ जस्तो देखिदैन । पूर्वराजालाई गाली गर्न सजिलो छ, चुनौती दिन सजिलो छ । तर नेतृत्वले अझे बुझेका छैनन्, समस्या पूर्वराजा होइनन्, जनतामा बढेको असन्तुष्टि हो । जनताप्रतिको जवाफदेहीता नहुनु नै मुख्य कारण हो ।
आज पूर्वराजा एउटा उद्घाटन अथवा मन्दिर जाँदा जनता सलहजसरी सडकमा निस्कन्छन् भने पूर्वराजाले लौ त भनेर सडकमा राजनीतिक रूपमै निस्किदिए भने यो सत्ता, यी नेता, यी पार्टीले जनताको भेल थाम्ने वा बाँध बन्ने हिम्मत र हैसियत राख्लान् ? पूर्वराजाले नागरिक स्वतन्त्रता र परम्परागत बिरासतमात्र धानेर  बस्दा नेतृत्वको यो बेहाल छ, बौलाएको अभिव्यक्ति सुन्नमा आइरहेको छ भने पूर्वराजालाई नजिस्काउँदा र आफ्नो कर्तव्य पालनातिर लाग्दा बेश होला ।
एउटा राजावादी, हिन्दुवादी, जनताको आवाज बोक्नेको प्रतिवाद गर्न राज्यसंयन्त्र नै लगाउनुपर्छ भने, माइतघर बन्द, टेलिभिजनका कार्यक्रम बन्द, महिनौंसम्म ठाउँ ठाउँमा निषेधाज्ञा लगाउनुपर्छ भने यो सत्ता, यो पद्धति, यी नेता अलोकप्रिय भइसकेको प्रमाण हो । यस्तै अवस्थाका लागि लोकतन्त्र ल्याएको हो भने योभन्दा निरंकूशता अरू के हुनसक्छ ? एउटा सामान्य व्यवसायीको प्रतिवाद गर्न नसक्ने संसद, सत्ता, प्रतिपक्षीहरूले एकपटक आफ्नो हैसियतको आँकलन र आउनसक्ने खतरा के कस्तो हो, कसका कारणले हो भनेर गम्भीर बहस गर्नु बेश हुनेछ ।
अब प्रश्न उठिसक्यो– राजतन्त्र कि गणतन्त्र ? संघीयताको खारेजी ? हिन्दु अधिराज्यको पुनर्वहाली ? भ्रष्टाचारविरूद्ध कडा कारवाही ? राजनीतिमा अपराधिकरणको अन्त्य ? यी सवालहरूको जवाफ खोज्न अबेर नगर्नु बुद्धिमानी हुनेछ ।