Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

बिग्रेको राजनीति सुधार्ने भए

०५ मंगलबार , मंसिर २०८०६ महिना अगाडि

बिग्रेको राजनीति सुधार्ने भए

ाजनीति बाइफाला भयो ।राजनीति व्यवसाय बन्यो । राजनीतिले नीति गुमाएकाले राजनेता जन्मन सकेनन् । राजनीति भ्रष्ट नीति बन्यो ।राजनीति सबै नीतिको मार्गदर्शक भएकाले राजनीति बिग्रेपछि देश बिग्रनु स्वभाविक हो । पञ्चायत ठिक भएन भनेर बहुदल ल्याइयो, बहुदल कालरात्रि बन्यो । कालरात्रिलाई शुभरात्रि बनाउन गणतन्त्र ल्याइयो, गणतन्त्र कुशासनमय बनेको छ । यसकारण सडकमा जनअसन्तुष्टि बढ्न थालेको छ । जनता बिद्रोहमा उठ्न थालेका छन् । जनअसन्तुष्टिलाई समन गरेर यही लुटतन्त्रलाई कायम राख्न ठूला दल र प्रतिपक्षीसमेत ज्यान फालेर लागेका छन् । तथापि जनता दलीय लूटतन्त्रविरूद्ध अर्को जनआन्दोलन गर्न तम्सिएको अवस्था छ । अर्थात् यो जनआन्दोलनले व्यवस्थामा नै प्रश्न उठाएको छ । संविधान असफल भइसकेको सन्देश दिएको छ । जबरजस्ती टालटुल पारेर यो संविधान र व्यवस्था चलाउने जुन षडयन्त्र भइरहेको छ, असफलताको भीमा पुगिसकेको देश भीरबाट खुरमुरिने हो कि भन्ने डर सबैतिर बढ्दै गएको छ । यसकारण पनिराजनीति सही मार्गमा ल्याउने हो भने यी पाँच उपायहरू अबलम्बन गर्न सकिन्छ । यी नीतिकथार उदाहरणबाट शिक्षा लिन सके नेतृत्वले सफलता पाउन सक्नेछ ।
१. हाड नभएको जिब्रोको कथा– नेताले सहयोगीलाई खसीको सबैभन्दा राम्रो भागको मासु किनेर ल्याउन अह्राए । सहयोगीले खसीको जिब्रो किनेर ल्यायो । मालिकले फेरि सहयोगीलाई अह्राए– जाउ अब खसीको सबैभन्दा नराम्रो भागको मासु किनेर ल्याउ । सहयोगीले फेरि पनि खसीको जिब्रो किनेर ल्यायो । यो देखेर मालिकले सोधे–राम्रो मासु पनि जिब्रो, नराम्रो मासु पनि जिब्रो । कसरी ?
सहयोगीले जवाफ दियो– नेताजी जिब्रो राम्रो भयो भने सबैथोक, सबै कुरा राम्रो हुन्छ । जिब्रो नराम्रो भयो भने सबै नराम्रो हुन्छ । सबै बिग्रन्छ ।
२. हीराभन्दा राष्ट्रियगानको महत्व– बेलायतकी महारानीलाई अष्ट्रियाका संगीतकारले सङ्गीत सुनाउने पालो आयो । संगीतकारले आफ्नो देशकोराष्ट्रिय धून बजाएर सङ्गीतको सुरूआत गरे ।राष्ट्रियगानको धून समाप्त नहुन्जेल महारानी उभिइरहिन् । कार्यक्रम सकिएपछि महारानीले सङ्गीतकारलाई हीराको हार उपहार दिइन् । महारानीलाई सङ्गीतकारले शिर झुकाएर प्रत्युत्तर दिए– मेरो देशकोराष्ट्रियगानलाई जुन सम्मान दिनुभयो, मेरा लागि हीराको हारभन्दा त्यो सम्मान मूल्यवान छ । तपाईबाट प्राप्त सम्मानका लागि हार्दिक धन्यवाद ।
३. १९४०–४५, १९५१–५५ मा चर्चिल बेलायतका प्रधानमन्त्री भए । उनलाई गर्जदो सिंह भनेर पनि चिनिन्छ । एकपल्ट उनी भाषण गर्दै थिए, एक अनुयायीले भने– तपाईंको ख्याति बढेको छ, तपाईंको भाषण सुन्न ठूलो भीड जम्मा भएको छ । यो सुनेर चर्चिल खिस्स हाँसेजस्तो गरेर जवाफ दिए– यो सब तमासा हो । भोलि मलाई यही स्थानमा फाँसी दिइयो भने योभन्दा धेरै गुणा ठूलो भीड जम्मा हुनेछ ।
४. नेपोलियन बोनापार्टको सभामा निम्त्याइएका अनेक विधाका व्यक्तिमध्ये एक चित्रकार पनि थिए । चित्रकार अलि पुराना लुगा लगाएर गएकाले नेपोलियनले उनको स्वागत गरेनन् । सभा सकियो, सबै फिर्ता जानलाग्दा ती चित्रकार पनि उठेर हिड्न लागे । अनि नेपोलियनले ती चित्रकार सामु गएर हात मिलाए, ढोकासम्म पु¥याउन पनि गए । चित्रकार चकित प¥यो, अरू अतिथिहरू पनि आश्चर्य मानेर हेर्दै थिए । नेपोलियनले सबैलाई सुनाएर भने– जो कार्यक्रममा आउँछन्, आउँदा तिनको परिधान, फूर्तिफार्ती, शक्तिरराम्रो लुगालाई स्वागत गरिन्छ । जाने बेलामा जुन आदर गरिन्छ, त्यो व्यक्तिको गुणलाई हेरेर गरिन्छ ।
५. आगो कतै पवित्र, कतै अछुत– स्नान गर्न गएका ऋषि भृगुपत्नी पुलोमालाई राक्षसले अपहरण गरेपछि गर्भमा रहेका च्यवनले बाहिर निस्केर आमाको रक्षा गरे । आगोले थाहा पाएर पनि अपहरणमाराक्षसको साथ दिएकाले ऋषिले सराप दिएकारहेछन्– मसानघाटमा अछुत भए पनि पितृर देवकार्यमा पवित्र हुनेछस् ।
यी नीति कथाहरू राजनीतिका लागि मार्गदर्शक बन्न सक्छन् । यतिबेला बुद्धिजीवी, थिङ्क टेङ्कदेखि चेतनशीलहरू पार्टीका झोले बनेका छन् । तिनहिरू सबैलाई थाहा छ– राजनीति भ्रष्ट भयो, भ्रष्टाचारका कारण सबैको नैतिकता म¥यो । तिनको विवेक पार्टीको दास बनेकाले देश बिग्रियो । यसकारण यता ध्यान दिऊँ ।