Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

एनआरएनएले उठाएको प्रश्न

१४ मंगलबार , कार्तिक २०८०९ महिना अगाडि

एनआरएनएले उठाएको प्रश्न

थैरआवासइ नेपाली महासंघको अधिवेशन सम्पन्न भएको छ । यही अधिवेशनको अन्तमा प्रधानमन्त्रीले गैरआवासीय नेपाललाई दोहोरो नागरिकता समेत बितरण गरेर ठूलै काम गरेको डिङ हाँकियो । गैर आवासीय नेपाली मूलतः नेपाली हुन् । तिनीहरूले नेपाली नागरिकता परित्याग गरेर विदेशी नागरिकता स्वीकार गरेका हुन् । तिनले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका थिए । त्यो मागलाई १० दलीय गठबन्धन सरकारले संवोधन गरेको छ । दोहोरो नागरिकता लिन चाहनेले सहज रूपमै लिन सक्छन् । दोहोरो नागरिकता पाएपछि गैरआवासीय नेपालीहरूले के कस्तो लगानी बढाउलान्, रोजगारीको सिर्जना गर्लान् ? मुख्य प्रश्न छ ।
यद्यपि गैरआवासीय नेपालीले बैंक, हाइड्रोलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन मात्रामा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए, त्यस अनुसार लगानी गरेका छैनन् । सुविधा चाहिने, लगानी नबढाउने हो भने दोहोरो नागरिकता दिएको अर्थ र औचित्य कति बाँकी रहला ? यसकारण दोहोरो नागरिकता पाएका नेपालीले लाभ लिने, लगानी नगर्ने हो भने यो सुविधा देशका लागि बालुवामा पानी हालेसरहमात्र हुनेछ । राज्यले आफ्नो दायित्व निर्वाह गरेको छ, गैरआवासीय नेपालीले आफूले कबुल गरेका लगानी बढाउने र देशमा निर्यातजन्य उत्पादन तथा रोजगारीमा बढोत्तरी हुनेखालका काम गर्न जरूरी छ । राजनीतिक लाभका लागि मात्र दोहोरो नागरिकताको प्रवन्ध गरिएको रूपमा यो अवसरको दुरूपयोग नहोस् भन्नैपर्छ ।
७० लाखभन्दा बढी युवायुवती खाडीमुलुकमा काम गरिरहेका छन् । वास्तवमा वर्षको १२ खर्बभन्दा बढी रेमिटान्स पठाएर देशको भाँचिएको आर्थिक कम्मर दह्रो पार्ने यही बर्ग हो । यो बर्ग जहिलसुकै राज्यबाट प्रताडित भइरहेको छ । यहाँसम्म कि विदेशी भूमिमा मर्नेका परिवारले पाउनैपर्ने सुविधासमेत पाउन मुस्किल छ । कतिपय नेपाली विदेशी भूमिमा जेलमा छन्, अनाहकमा समस्यामा छन्, तिनको संरक्षण समेत हुने गरेको छैन । जो नागरिकता परित्याग गरेर विदेशी बनेका छन्, ती सुकिला मुकिला नेपाली रगतले आफ्नो कर्तव्यको पालना गर्ने बेला आएको छ । जिम्मेवारी पूरा गर्लान् ?
सरकारले नेपाली नागरिकता परित्याग गर्नेहरूलाई पुलपुल्याएको छ । तिनका मागहरू संवोधन गरेको छ । यो बर्गले देशमा पैसा पठाउन, लगानी गर्न, रोजगारी बृद्धि गर्न के कस्ता कामहरू गर्लान्, त्यो समयको परीक्षामा छ । यदि गैरआवासीय बर्गले देशका लागि देखिनेगरी कुनै काम गर्न सकेनन् भने अहिले पाएको दोहोरो नागरिकतामाथि प्रश्न उठ्ने निश्चित छ ।