Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

देश टुक्रिने मृत्युघण्टा नसुन्ने?

१६ सोमबार , कार्तिक २०७२९ बर्ष अगाडि

नेपाल एक थियो, एक छ र एक रहन्छ भन्ने विश्वास दिने र दिलाउने काम गर्न नेताहरु असक्षम भएका छन्। ठूला पार्टीहरु आ–आफ्नै पार्टी मजबुत गर्नतिर लागेका छन्। आफ्नो मजबुत पार्टीका लागि प्रतिपक्षी जोसुकै हुन्, तिनलाइ लतार्नेर किनारै लगाउने मनस्थिति तिनमा देखिन्छ। सहमति सहमति भनेर नथाक्ने एमाले र एमाओवादीले अन्ततः नेपाली कांग्रेसलाई किनारा लगाइदिएका छन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री सबै पद आफैले लुड्याएका छन्। धन्य छ कांग्रेस, अझै उसले प्रजातान्त्रिक अभ्यासमा सहभागी भएका हौं। प्रजातन्त्रमा जीतहार भइहरन्छ भनेर चित्त बुझाएको छ र अभिव्यक्ति दिइरहेको छ। \u000a    राजनीतिक सहमति किन पनि आवश्यक छ भने कुनै पनि दलको बहुमत छैन। टुक्राटाक्री बटुली नेपालको नक्सा बनाऔं भन्ने स्थिति छ राजनीतिक दलहरुको र जनताले पनि सबै मिलेर नयाा नेपाल निर्माण गर्नुपर्छ भन्ने लोकमत जाहेर गरेका छन्। एउटा मात्र अथवा केही दल मिलेर सरकार त बन्छ तर संविधानको कार्यान्वयन सम्भव छैन। राजनीतिक दलहरुमा आएको बिभाजनले मुलुकमा ठूलै समस्या पर्ने सम्भाबनालाई नकार्न सकिन्न। यसकारण राजनीतिक दलहरुवीच केहीवर्ष मिलेर अघि बढ्न नितान्त जरुरी छ।
मिलेर काम गर्न किन पनि जरुरी छ भने भारतले नाकावन्दी लगाएको छ र चीनले नेपाललाई सघाउने कुरा गरेको छ। चीन र भारतको राजनीतिले नेपाललाई अरु ठूला ठूला समस्याहरु आउनेवाला छन्। त्यसै पनि भारतले हिमालमुनी सुरुङ खनेर चीन नेपाल पस्न थाल्यो भन्ने हौवा पिटाएको छ। कुरो के हो भने चीनले जमिनमुनी पाइप बिछ्याएर नेपालको पेट्रोलियम पदार्थको आवश्यकता पूर्ति गर्न सकिन्छ भनेको थियो र सुरुङ राजमार्गको अध्ययन पनि गरेको खबर सार्वजनिक भएको थियो। चीनले त्यसै पनि सिल्करोडको योजना अघि सारिसकेकेा छ र सिल्करोडका लागि चीनले नेपालभएर एसियाभरि सडक, रेलवे र सञ्चारको सहज पहुाच बनाउने सपनालाग्ने योजनामा काम गर्न थालिसकेको छ। चीनकेा दक्षिण दक्षिण रणनीति पनि कार्यरुपमा अगाडि आइसकेको छ। चीन यसरी आक्रामक रुपमा नेपाल भएर एसियामा फैलिन थालेकोले पनि भारत आत्तिएको हो। नेपालमा भारतको पकड खुस्किसकेको छ। भारतको नाकावन्दीले भारतको राक्षसी रुप विश्वसामु सार्वजनिक भइसकेको छ र राष्ट्रसंघको सुरक्षा परीषदमा समेत भारतले नेपालमाथि लगाएको नाकावन्दीको विषयमा छलफल गर्ने एजेन्डा तय भइसकेको छ। तथापि नेपालले भारतको नाकावन्दीलाई नाकावन्दी नभनेर आफूर्तिको असहज स्थिति भनेको छ र भारतले पनि विहारको निर्वाचनलाई बहाना बनाएर सुरक्षाको कारण र नेपालभित्रैका राजनीतिक दलहरुको आन्दोलनलाई देखाएर चोखिने प्रयास गरिरहेको छ। भारतको प्रान्तीय निर्वाचन विहीवार नोभेम्बर ५ मा सकिदैछ। त्यसपछि भारतले विश्वजगतको आाखामा कसरी धुलो झेाक्ला? त्यो हेर्न लायक परिदृश्य हुनेछ। यद्यपि भारतले सुनियोजित रुपमा नेपालमाथि नाकावन्दी लगाएको हो र मधेशी दलहरुलाई घुसपैठ गरेर दशगजा क्षेत्रमा धर्ना र आन्दोलन गर्न उक्साएकै हो। यो समस्या ८० दिन नाघिसकेको छ र नाकावन्दी पनि डेढ महिना लामो भइसकेको छ। यो नाकावन्दी र धर्ना आन्दोलनलाई देश टुक्रिने स्थितिमा पुग्न नदिन तत्काल हस्तक्षेप गरेर ठोस निर्णयमा पुग्नेबेला भयो।