राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। आजै अन्तिम नामावली प्रकाशन गरी भोलि नयाा राष्ट्रपतिको निर्वाचन हुनेछ र भोलि नै मुलुकले नयाा राष्ट्रपति पाउनेछ। नयाा राष्ट्रपति को बन्छ भन्ने विषय खासै महत्वको छैन किनभने राष्ट्र भारतको नाकावन्दीको अघोषित युद्धमोर्चामा छ र त्यो युद्धमोर्चालाई सरलीकरण गर्न कुनै पनि नेतामा खुवी देखिएको छैन। कांग्रेस नेतृत्वको सरकारले सकेन र एमाले नेतृत्वको सरकार बनेको छ। एमाले नेतृत्वको सरकार पनि उही हिलोको किलोजस्तो चरित्रमा देखिएकोले यो सरकारप्रति भारतको विश्वास पटक्कै देखिएन। अर्थात भारतलाई राजनीतिक र कूटनीतिक रुपमा आश्वस्त पार्न केपी ओलीको सरकार सक्षम भएन। यही कारण भारतले नाकावन्दीलाई अझ कडाईका साथ आफूलाई उभ्याएको छ। सीमानाकाबाट पेट्रोलियम पदार्थका सवारी साधनहरु जे जसरी भित्रिरहेका थिए, अव त्यसमा पनि पातलिदै गएको अवस्था छ।
यद्यपि परराष्ट्रमन्त्री बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारत भ्रमण गरे। भारतका विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह र प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेटेर फर्किए। उनले संसदलाई आफ्नो भारत भ्रमणको जानकारी दिदै भारत तत्काल सीमामा देखिएको पारवहनको समस्या समाधान गर्न तैयार रहेको जानकारी लिएर आएको बताए। तर, भारतले बोलीअनुसारको व्यवहार नदेखाएको र भारतले बोलेजस्तो व्यवहार देखाउनेमा आफू विश्वस्त रहेको जानकारी दिए। यथार्थमा भारतले नेपाललाई दुःख दिन चाहेकै हो र नेपालका परराष्ट्रमन्त्री, नेपाल सरकार, संसदबाट पटक पटक आह्वान गर्दा समेत भारत टसमस भएको छैन। भारत नेपाललाई घुाडा टेकाएरै छाड्ने रणनीतिमा छ भन्नेमा अव कुनै शंका नराखे पनि हुन्छ। नेपाल भारतले गरेको यो अमानवीय युद्धको सामना गर्नका लागि मानसिक रुपमै तैयार हुनुपर्छ। जसरी २०४६ सालमा भारतले घोषित नाकावन्दी गरेको थियो र नेपाल १४ महिनासम्म हाहाकारबाट गुजि्रएको थियो, यसपटकको भारतको अघोषित नाकावन्दी त्योभन्दा पनि कडा देखिदैछ। यो नाकावन्दीका कारणले राजनीतिक दलहरुले नयाा राष्ट्रपतिको निर्वाचन गर्न लाग्दा समेत जनतामा कुनै चासो र हौसला देखिदैन।
जनता नयाा सरकार, नयाा राष्ट्रपतिभन्दा पनि ग्यास, पेट्रोल, सरल र सहज जीवन यापन खोजिरहेका छन्। महाभूकम्पबाट तङि्ग्रन नपाउादै भारतले मोदी नाकावन्दीको अर्को महामारी नेपालमाथि थोपरी दिएको छ। भारतका गुनासा होलान्, भारतले आफूले पालेर राखेका नेपाली नेताहरुप्रति आक्रोस होला, तिनले आफूले भनेको नमानेकोमा दण्डदिनैपर्छ भन्ने रिस पनि होला तर, तमाम नेपाली, जहाा बालबनिता, बृद्धबिरामी, असहाय, निसहायमाथिसमेत राक्षसी प्रवृत्ति देखाएर नाकावन्दी गर्नु सबैभन्दा ठूलो अपराध हो। राष्ट्रसंघले बोलिसक्यो, विश्वजगत चकित परेर भारतको नेपालमाथिको दुर्व्यवहार हेरिरहेको छ। तैपनि भारतलाई लोकलज्जा छैन, गलत गरिएछ भन्ने आत्मवोधसमेत गर्दैन र नाकावन्दीलाई अझ कडा पार्दै लगेको छ। यसकारण पनि नयाा राष्ट्रपतिको निर्वाचनप्रति अभाव र हाहाकारमा बााचेका नेपालीको चासो नभएको हो। के के न गर्छु भन्थे केपी ओली, उनले पनि कुनै लछारपाटो लगाउन सकेनन्। कूटनीतिक क्षमता ओलीमा पनि त रहेनछ। यिनलाई खाली सत्ताकै चिन्ता देखियो।