नयाा संविधानले दशैं मनाउन नदिने भयो। सकस, सकस र सकस छ आम जनतालाई। छैन ग्यास छैन, घर जानलाई बसको टिकट छैन, पेट्रोल, डिजल छैन, काम छैन, आम्दानी छैन, बजारमा प्रत्येक बस्तुको कालोबजारी र महगी छ। मुख्य सवाल शान्ति हो, शान्ति छैन। नयाा संविधान जारी भएदेखि मधेश आन्दोलित छ, भारत रिसाएको छ र नेपालका प्रधानमन्त्रीलाई चीनले प्रोचाइनिज भनिदिएको छ। केपी ओलीको बिगत हेर्दा प्रोइन्डियन हुन्, प्रधानमन्त्री बनेपछि उनलाई प्रो चाइनिज भनेर डामिएको छ। नेपालका प्रधानमन्त्री प्रो नेपाल कि प्रो विदेशी? प्रधानमन्त्री म नेपाली हुा, नेपालको प्रधानमन्त्री हाु भनेर स्पष्ट भन्न सक्दैनन्, न त एमाले नामको पार्टी प्रो नेपाली भनेर भन्नसक्छ।
भारतले च्यााखे थापेको खबर आयो। परराष्ट्रमन्त्री कमल थापा दिल्ली पुग्नासाथ असामान्य सीमा समस्या र अघोषित नाकावन्दी खुलाउन भारतले च्यााखे थापेको खबर आयो। भारतको चाहना रहेछ: शीतल निवासमा मधेशी मूलका व्यक्तिको चयन होस्। अर्थात नेपालको राष्ट्राध्यक्ष भारतले भनेको मधेशी मूलका व्यक्ति हुने हो भने अस्तव्यस्त सीमा समस्या समाधान हुनेछ।
को हो भारतले राष्ट्रपति बनाउन चाहेको मधेशी पात्र? राजेन्द्र महतो, महन्त ठाकुर, उपेन्द्र यादव अथवा बर्तमान राष्ट्रपति डा.रामवरण यादव। कि अरु कुनै छन् भारतको नजरमा मधेशी मूलका भारतमुखी? चर्चा छ: महन्त ठाकुरको। नेपाली कांग्रेसले पनि तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन चाहेको खबर सार्वजनिक भइसकेको छ। तर सत्तारुढ ठूला दल एमाले र एमाओवादीवीच राष्ट्रपतिलाई लिएर भित्रभित्रै ठूलै रडाको मच्चिरहेको छ। यद्यपि प्रचण्डलाई उच्चस्तरीय संयन्त्रमा थन्क्याएर एमालेले राष्ट्रपति विद्या भण्डारी, झलनाथ खनाल अथवा माधवकुमार नेपाललाई बनाउने आन्तरिक छलफल गर्न थालिसकेको छ। केपी ओलीको चाहना विद्या भण्डारीलाई राष्ट्रपति बनाउने रहेको छ। यदि विद्या भण्डारी राष्ट्रपति हुन सफल भइन भने नेपालको इतिहोसमा महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश समेतको साइत जुर्नेछ केही समयमै। यो पनि ठूलै उपलव्धि हुनेछ। तर, भारतले नाकावन्दी खोल्न मधेशी राष्ट्रपति खोजेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली माखेसांग्लोमा फस्न पुगेका छन्। भारतले भनिसकेपछि स्वयं केपी ओलीले त्यसलाई ठाडै नकार्न सक्छन् भन्ने कसैलाई पनि विश्वास छैन।
भारतको नाकावन्दीले अस्तव्यस्त बनिसकेको छ नेपाली जनजीवन र राष्ट्रिय अर्थतन्त्र। भारतले बुझेको छ: नेपालको नाकमा नत्थी लगाउने बेला यही हो। यही मौकामा नेपाली नेताहरुलाई सबक सिकाउन सके भोलिभोलि भारतविरुद्ध यिनले टाउको उठाउन सक्नेछैनन्। जसरी संविधान निर्माणमा मनोमानी गरेर भारतको मन राखेनन्, भारतले त्यसको मूल्य असूल गर्ने बेला यही हो। यस्तै यस्तै रिसको आवेगमा भारतले नाकावन्दी लगाइदियो र तालावन्दी खोल्न राष्ट्रपति भारतले चाहेको, भारतअनुकूलको व्यक्ति बनाइयोस् भन्ने मनसाय पनि पठाइसक्यो। नेपालले भारतको सर्त मानेको खण्डमा आजैबाट रक्सौल नाकाबाट समेत पेट्रोलियम पदार्थसहितका सामानहरु सहज रुपमा आउन थाल्नेछन्। मुख्य सवाल भारतको चाहनामा राष्ट्रपति बनाउने कि नेपालको चाहनामा भन्ने हो? नेताहरुको स्वाभिमानको परीक्षा सुरु भयो।