Advertisement Banner
Advertisement Banner

०५ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

हदैसम्म सिद्धान्तको स्खलन

१९ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

चुनावको फैसलाले पाँचवर्ष पछुताउनु पर्ने भएको छ । यसमा सबैभन्दा ठूलो दोष ठूला पार्टी र तिनका नेताको छ । यी कस्ता नेता हुन्, जो नीति र निष्ठामा बसेनन् । सिद्धान्तलाई समेत सत्तास्वार्थको जाँतोमा धुलोपिठो बनाइदिए । मंसिर ४ को चुनावमा विचारै नमिल्ने दलहरुले गठबन्धन गरे, कांग्रेसको रुखमा माओवादीे र नेकपा सको हँसिया हथौडा, कलम देखियो भने कम्युनिष्टको मतचिन्हमा कांग्रेसका रुख चिन्ह समेटियो । कहाँको प्रजातन्त्रवादी, कहाँको जनवादी । कसरी मिले होलान् अचम्म लाग्छ । जनताले अमीलो मन बनाएर मतदान गरेका थिए । जुन नेताहरु सत्तास्वार्थका लागि आफ्ना विचारको समेत परिवर्तन गर्न सक्छन्, सिद्धान्तलाई समेत मटियामेट पार्न सक्छन्, यथार्थमा नेपाली राजनीतिमा पन्पिएको अवसरवादको बाढी भनेको यही हो । जुन पार्टीहरु अवसरवादको बाढीमा बगेर सत्ताको शिखरमा पुग्न चाहन्छन्, तिनले समृद्ध नेपाल, शान्ति र समुन्नति कसरी ल्याउन सक्छन् । हिजो भ्रष्टाचार र अनीतिमा, राजनीतिलाई अपराधिकरण गर्नेहरु आज फेरि पनि त्यहीमार्गमा छन् भने यो लोकतान्त्रिक परिवर्तन आएको मात्र नेताहरुको जागीरका लागि हो त ? यो यक्ष प्रश्नको जवाफ हरेक नेपालीले खोज्नुपर्छ, थिङ्क टेङ्कवालाले सोच्नुपर्छ । विवेकशील कार्यकर्ता हरेक पार्टीमा प्रशस्त छन्, तिनले विश्लेषण गर्नैपर्छ । अन्यथा राष्ट्रको अधोगतिलाई कसैले पनि रोक्न सक्दैन । हाम्रा सामु अफगानिस्तान र श्रीलंकाका घटनाहरु ताजै छन्, ती घटनाक्रमबाट शिक्षा लिनुपर्छ र आउने दिनका लागि सहीमार्गमा अग्रसर हुने प्रतिवद्धता मनमा गाँठो पार्नुपर्छ ।
मंसिर ४ को निर्वाचन आम निर्वाचनजस्तो देखिएन । यो निर्वाचन गठबन्धन विरुद्ध एमाले, एमाले विरुद्ध गठबन्धनजस्तो चुनाव भयो । यही प्रतिषोधका कारणले निर्वाचनमा हरेक ठूला दलले आफ्ना सिद्धान्त र नीतिलाई परित्याग गरिदिए । सिद्धान्त छाड्नु हुन्न भनेर कुनै पनि दलका कुनै पनि कार्यकर्ताले विद्रोह गरेनन्, आवाजसम्म पनि उठाएको सुनिएन । नेताले जे गर्छन्, सही गर्छन् भन्ने मनोभावना यो चुनावबाट विकास भयो । नेतालाई देवत्वकरण गर्नाले पार्टीका नीति र सिद्धान्त समाप्त हुनपुग्यो । यो पनि मानसिकताको विध्वंश नै हो । मानसिकताको विध्वंश गर्न सजिलो छ, निर्माण गर्न कठिन । यी ठूला पार्टीहरुलाई फेरि आफ्नै नीति सिद्धान्तमा फर्कन र उभिन सहज हुनेछैन । चुनाव कसैका लागि सत्तामा पुग्ने अवसर भएर आयो, कसैका लागि शक्ति गुमाउने खड्गो बनेर । राजनीति कुमालेको चक्रजस्तै हुन्छ, जनताले कहिले कसलाई बरण गर्छन्, कहिले कसलाई । राजनीतिलाई व्यवसाय बनाएर सधैं चलाउन सकिन्न । हो, जनतालाई भ्रमित पार्न सकेसम्म अपराधिक र सिद्धान्तहीन राजनीति चल्छ । तर यो स्थायी हुँदैन । स्थायी त आफ्नो नीति र सिद्धान्तमा अडिनसक्ने मात्र हुन्छ । यो निर्वाचनले धेरै ठूला नेतालाई घृणाको दलदलमा पु¥याइदिएको छ, थोरैलाई जनताले स्यावासी दिएका छन् । आशा र भरोसा पनि गरेका छन् । हदैसम्मको सिद्धान्तको स्खलनले नेपाली राजनीतिलाई जनताको नजरबाट गिराइदिएको छ ।
कम्युनिष्ट मारिएको रोज गार्डेन
१९५४ मा ईरानी कम्यनिष्ट पार्टीका महासचिब डा.मोहम्मद मोसादेकले सम्पूर्ण मतदानको ९५ प्रतिशत मतदानबाट बिजयहासिल गरेर ईरानको प्रथम प्रधानमन्त्री भएका थिए तर पश्चिमा शक्तिको पूर्ण सहयोग र हस्तक्षेपमा डा.मोहम्मद मोदेकलाई सेैनिक शक्तिद्वारा अपदस्त गरी रजा शाहा पहल्वीलाई सत्तासीन बनाइयो र अर्को ३० बर्ष सत्तासीन गराइयो । १९८० को दशकमा फ्रेन्चको सहयोगमा इरान फेरी इस्लामिक गणतन्त्र घोषित भयो । इरानमा कम्यनिष्टहरुलाई सामुहिक  हत्या गरेर दबाइयो, जुन स्थानमा कम्यनिष्टहरुलाई दबाइयो त्यस ठाउँको नाम हाल रोज गार्डेनले प्रख्यात छ । कम्युनिष्ट विरोधीहरुमात्र होइन, ईरानी इतिहास जान्न चाहनेहरु यो रोज गार्डेनमा उत्सुकतापूर्वक जाने गर्छन् ।