Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

तीन नेताले खुट्टा टेकेकै हुन् त?

०४ सोमबार , आश्विन २०७२१० बर्ष अगाडि

कांग्रेस, एमाले, एमाओवादीका सुशील कोइराला, केपी ओली र प्रचण्डले दह्रो खुट्टा टेक्दा संविधान जारी भयो। यी तीन नेतामध्ये कुनै नेताले पनि खुट्टा कमाएको भए संविधान जारी हुनसक्ने थिएन। यसकारण आमजनमानसमा प्रश्न उठेको छ– तीन नेताले खुट्टा टेकेकै हुन् त? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने राजनीतिक फाइदाका लागि प्रचण्ड दिल्ली गएकै हुन्, केपी ओली दिल्लीकै भरमा देखिन्थे र सुशील कोइराला समेत दिल्लीलाई चिढाउने एक निर्णय पनि गर्न सकेनन्। यी तिनै ठूला दलहरु दिल्लीलाई साखुल्ले पारेर आफ्नो राजनीतिक प्रभाव कायम राख्ने काम गर्दै आएका हुन्। २०६२ साल मंसिर ७ गते १२ बुादे दिल्ली सम्झौता गरेदेखि नेपाली राजनीतिमा दिल्ली प्रभावशाली एक पक्ष रहदै आएको हो। अहिले पनि दिल्ली प्रभावशाली नै छन्। यसमाथि अमेरिकी र युरोपियन युनियनले नेपाली राजनीतिमा उछाल पछार खेल खेल्दै आएका हुन्। हिन्दूराष्ट्र कि धर्मनिरपेक्षता सबैभन्दा ठूला समस्या थियो भने संघीयताको संख्या, नामांकन र सिमांकन थप समस्या थिए। ०६५ सालदेखि नमिलेका र पहिलो संविधानसभा नै यही कारण बिघटन भएको झट्का बेहोरेका यी तीनदलले अन्ततः ०७२ सालमा आएर सहमति गर्नसकेन। कांग्रेसका सभापति सुशील कोइरालाले दीपावली गरौं भनेर आह्वान गरे, एमालेका अध्यक्ष केपी ओलीले संक्रमण समाप्त भयो भनेका छन् र, एमाओवादीका अध्यक्ष प्रचण्डले नेपाली स्वाधीनता र सार्वभौमिकताको जीत भयो भन्ने निष्कर्ष सुनाएका छन्। १२ बुादेदेखि १६ बुादेसम्मका राजनीतिक यात्राले यदि अहिले आएर संविधान घोषणामार्फत संक्रमण समाप्त पारेर स्वाधीनताको दियो बालेको हो भने यो नेपालको लागि सबैभन्दा ठूलो उपलव्धि मान्नैपर्छ। अव लोकतन्त्रले समानता र प्रगति, नयाा नेपालको निर्माण थाल्छ भनेर विश्वास गर्न सकिन्छ। नेताहरुले जे बोलेका छन्, त्यो सत्या साबित होस्।
अन्यथा, विदेशी चक्रव्यूहमै नेपालको राजनीति घुम्नेछ, नेपाल र नेपाली एकता टुक्रिन सक्ने खतरा रहनेछ। संविधान निर्माण र घोषणामा जुन बहस भयो, जुन आन्दोलन र धनजन गुमाउनु पर्‍यो, ती सबैको जिम्मेवारी यी तीन दलका तीन नेताले लिनुपर्छ र वर्तमान कालखण्डले यी तीन नेतालाई कलंकपुरुषका रुपमा अंकित गर्नेछ। यसकारण संविधान निर्माण र घोषणामा तीन नेताले आफैले खुट्टा टेकेर हिम्मत जुटाएको हो भन्ने विश्वासमा नेपाली हित र नेपाली जित अडेको छ। नेपालले हार्नुहुन्न, राजनीतिक दलहरुका कारण त झन हार्नै हुन्न। संविधानको निर्माण र घोषणा विदेशी धाप र स्वार्थको चापमा भएको होइन भनेर यी तीन दलका नेताले प्रमाणित गर्न सके भने अहिलेसम्म यिनले गरेका राजनीतिक अपराधहरु क्षम्य हुनसक्छ। यिनीहरुले जे जति विवाद र द्वन्द्वहरु आउनेछन्, ती सबैलाई सामुहिक रुपमा समन गर्ने क्षमता पनि राख्छन् भन्न सकिन्छ। हुनुपर्ने त्यही हो। अव पनि राजनीतिक विवादमा अल्भि्कएर मुलुकलाई अस्थिर पार्नु ठूलो हानीको परिचायक हुनजानेछ। मुलुकलाई राजनीतिक निकास दिने बेला यही हो। अव संविधान जारी भयो, यो संविधानलाई देशहितमा, जनहितमा सही सावित गराएर प्रमाणित गर्ने दायित्व यसका निर्माताहरुले लिनुपर्छ र देशलाई अघि बढाउनुपर्छ।