Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

राजनीति किन बोझिलो हु“दैगयो ?

०२ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

राजनीति समाज हो । समाज बिगार्ने पनि राजनीति हो, सुधार्ने पनि । जब समाजको मेरूदण्ड राजनीति हो भने मेरूदण्डप्रति हामी कति सजग भयौं । राजनीति सेवाभावबाट निर्देशित हुनुपछृ, यसपल्टको चुनावमा पनि राजनीति घोषणापत्र, भाषणमा सेवाभावप्रेरित देखियो, व्यवहारमा भोट किन्ने, प्रभावित पार्ने, आफ्नो पक्षमा तान्ने तरिकामात्र देखियो । अर्थात्, राजनीति बोझिलो बन्दै गयो, राजनीति व्यवसायीकरण हुँदैगयो, यस्तो राजनीतिले सेवा दिनेछ, समाज सुधार्नेछ भनेर विश्वास गर्ने ठाउँ देखिन्न । जुन राजनीति चुनावमै यसरी बदनाम हुन्छ, भ्रष्टीकरण भइरहेछ, त्यस्तो राजनीतिले स्वच्छ समाज  र राष्ट्रसेवामुखी हुने विश्वास गर्नु भूल हुनेछ ।
राजनीति समाजको, देशको अभिभावक हो । अभिभावक नीति चुनावमै अनैतिक भएर प्रस्तुत हुन्छ, मासुभात, जाँडरक्सी, दानदक्षिणा, चन्दा, खरिदविक्रीमा लाग्छ भने त्यस्तो अभिभावकले व्यक्ति, समाज, देशको अभिभावकत्व दायित्वको निर्वाह कसरी गर्नसक्ला ? राजनीति समाजको अभिन्न अङ्ग हो, यो खँदिलो हुनुपर्ने अङ्ग चुनावमै बिटुलो बन्छ भने त्यसले सवल भूमिका खेल्न सक्दैन । यसकारण राजनीतिलाई शुद्धीकरण गर्ने प्रयत्न हुनैपर्छ, राजनीति किन प्रदूषित भयो भन्ने कारण खोज्नैपर्छ । राजनीतिमा लागेको रोगको निदान खोजिएन भने समाज यसरी नै बिमार पर्दैजानेछ ।
हरेक उमेदवार भन्छन्– लाख त केही पनि होइन, चुनाव लड्न करोडभन्दा माथि लाग्छ । देशका ६ महानगरमा चुनाव भएर मतगन्ती भइरहेका छन् । यी महानगरका नगरपिता माता बन्न चाहनेले करोडदेखि अर्वसम्म खर्च गरेका चर्चा समाजमा व्याप्त छन् । हुन पनि कार्यकर्तालाई सवारीसाधन, इन्धन, खाजा, खाना, पिउने, सुत्नेसम्मका खर्च असाध्यै भएको देखियो । एकथरि कार्यकर्ता त पैसा बटुल्न अर्थात् कमाउनकै लागि पनि विभिन्न पार्टीमा लागेका देखिन्छन् । यसबाहेक दलबदलुले पनि खूब कमाएका छन् । पाइला पाइलामा पैसाका मात्र काम भइरहेका छन् । अर्थात् चुनाव निष्पक्ष, स्वच्छ र स्वस्थ हुनसकेन । जुन चुनावमा पैसाको यतिबिधि खर्च भइरहेको छ, त्यस्तो चुनावले दिने नतिजा निश्चय नै सुखद हुनेछैन । जुन नेताले चुनाव जित्नेछ, जितेपछि उसले गर्ने काम भनेको पहिला लगानी भएको उठ्ती पुठ्ती नै हो । जब अभिभावक अनियमिततातिर लाग्छ, समाज बन्दैन । संस्था बिग्रन्छ । कुनै पनि निकाय सडक किनारामा थुप्रिएको फोहरको डङ्गूरमात्र हुनेछ ।
देशव्यापी रूपमा पालिका निर्वाचन भयो । यो निर्वाचनका समयमा कुनै पनि पालिकामा अब के गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानीका विषयमा कुरा भएनन् । पार्टीका प्रचारसामग्री तराई, पहाड, हिमालमा तत्काल पु¥याइयो । स्कूलका पाठ्यपुस्तक किन समयमा पु¥याइन्न, कसैले चासो राखेनन् । यतिसम्म कि घरदैलो प्रचार अभियान पनि चल्यो । हरेक नेता, कार्यकर्ताले आफ्नो उमेदवारका लागि मत मागे । मतदाता के भन्छन् ? मतदाताको गुनासो के के छ ? कुनै पनि उमेदवारले सुनेनन्, पार्टीले सुनेन । पार्टी र नेताको एकमात्र काम भनेको मत माग्नु हो, जनताले आफूलाई मत दिनैपर्छ भन्ने, दिन्छन् भन्ने तिनको विश्वास देखियो । मतदाता विवेकी छन्, मतदाताले स्वविवेकले मत दिए भन्ने विषय भने विवादमा छ । भूकम्प होस् कि कोरोना अवधि, दुःख जनताले पाए । त्यो दुःखमा, अक्सिजन नपाएर मरेका आफन्तजनको पीडा भुलेर मतदाताले विवेक प्रयोग नगर्दा फेरि पनि राम्रो पछि पर्ने र हाम्राले मात्र चुनाव जित्ने अनि भ्रष्टाचार गर्ने लाइसेन्स दिने काम भएको छ । जनताले नैतिक मूल्य र मान्यता स्थापित गर्नुपथ्र्यो, जनता सोझा भइदिएकाले पार्टीहरूले जनतालाई हेपेका छन् । अनुशासनहीनताको पर्खाल ढाल्ने जनताले हो, ढाल्न सकेको देखिदैन । यसकारण त चुनाव जनताकै लागि, देशका लागि बोझ, भार बनेको छ । जनता नजागेसम्म चुनाव सहज हुने देखिदैन ।