Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नेपालको बिद्युत निकासी सङ्कटमा

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

सन २०२६ सम्ममा नेपाललाई बढी हुने ३५ सय मेगावाट बिजुली बंगलादेश निकासी गर्न निकास दिन नेपालले गरेको अनुरोधलाई भारतले जवाफ दिएन ।  बंगलादेशले आउँदो वर्षदेखि नै बिजुली किन्न सकिने जवाउ दिए पनि भारतले बाटो नदिंदा नेपाल अप्ठेरोमा परेको छ ।
चालु वर्ष नै बंगलादेश सरकार नेपाल आएर १६ हजार मेगावाटसम्म बिजुली किन्न सम्झोता गर्न तैयार भइसकेको थाहा पाएको भारतले नेपालसँग ठूला जलविद्युत आयोजनाको माग गरेको छ तर निकासी गर्न बाटो दिने विषयमा उदासिनता देखाएपछि नेपाल अप्ठेरोमा पर्दै गएको हो । नेपालको बिजुली व्यापारमा भारत बीचमा बसेर नेपालसँग सस्तो दरमा किन्ने र महगो दरमा बंगलादेशलाई बेच्ने बिचौलिया बन्ने सङ्केत गरेको छ । जुन नेपालले पाउने दर र बंगलादेशले किन्ने दरको मार्जिनमा भारतले लाभ खोजेको प्रष्टै बुझिन्छ । यस विषयमा भारतलाई बुझाउन नसक्नु नेपालका अधिकारीहरूको असक्षमता मानिएको छ । भारतले नेपालका अधिकारीहरूलाई लोभ्याएको हुनसक्ने आशंका गर्न सकिने अवस्था पनि विद्यमान देखिएको छ । भारतको स्वार्थका कारणले नेपालले विद्युत निकासी गर्ने योजना अन्यौलमै छ ।
यहाँसम्म कि नेपालमा उत्पादित बिद्युतमा भारतीय लगानी बाहेकका आयोजनाका बिजुली समेत भारतले नकिन्न सङ्केत दिइरहेको छ । नेपालमा खासगरी चीनका लगानीका विद्युत बच्यो भने निकासीको समस्या हुनजाने प्रष्टै देखिन्छ । यही फागुन १२ गते काठमाडौंमा भएको नवौं उर्जा सचिवस्तरको बैठकमा नेपालले बंगलादेश बिद्युत निकासी प्रस्ताव गर्दा भारतले यस विषयमा छलफल नै गर्न चाहेन । भारतले नेपालको प्रस्तावमा तिनै मुलुकका सचिव स्तरीय बैठकबाट टुङ्गोमा पुगिने बताएर विषयान्तर गरेको थियो । यसको अर्थ भारत नेपालमा उत्पादित बिद्युतलाई सस्तोमा किनेर आफै बेच्न चाहेको एक अधिकारीले जानकारी दिएका छन् । नेपालले पर्याप्त होमवर्क नगरेर सचिव स्तरीय उर्जा बैठक गरेकाले भारतले अड्को थापेको हो ।
गत मंसिर १४ गते र फागुन १२ गतेको बैठक, दुबै बैठकमा भारतले एउटै आवाज निकालेकाले बैठकका एजेण्डाबारे नेपालको कमजोरी देखिएको छ । गत वर्षको बैठकमा अन्तरदेशीय बिद्युत व्यापार गर्न सकिने व्यवस्था गरे पनि अहिले आएर त्यो सहमतिलाई भारतले नै अड्को थापेपछि बुझ्न सकिन्छ, भारत नेपालको बिद्युत उत्पादनमा समेत खेल्न खोजेको देखिन्छ । भारत पूर्व सहमतिमा कुरा बदलेर नेपाललाई समस्यामा पार्न खोजेको बुझ्न सकिन्छ । भारतको सहमतिमा बिद्युत निकासीको बाटो तत्काल खुल्नसक्छ । यतिबेला बहसमा रहेको एमसिसीले विद्युत प्रसारण लाइन निर्माण गरे पनि बिद्युत खरिद गर्न र नेपाललाई निकासी अनुमति दिन भारतले अल्झो दिने पक्का छ । किनकि भारतले अहिले नै त्यो खालको इसारा गरिसकेको छ ।
स्मरणीय छ, २०७७ फागुन २८ मा भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपालबाट तेस्रो मुलुकमा बिजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताएका थिए, जुन कुरा अहिले आएर भारतले बोली फेरेर बताएको छ । नेपालले ठूलै तैयारी गर्नुपर्ने देखिन्छ ।