Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

अधिवेशन र एमसिसीको साइनो ?

२० सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

एमसिसी उपाध्यक्ष सुमार आइन् र नेपालको संसदबाट पास हुने छाँट नदेखेपछि त्यही रिपोर्ट लिएर गइन् । वातावरण सम्मेलनमा सहभागी हुन कार्तिक १७ गते लण्डन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनको सङ्केत बोकेर र आश्वासन दिएर आए कि एमसिसी पास हुन्छ । त्यसपछि पनि रिपोर्ट गइरह्यो कि एमसिसी पारित हुन मुस्किल छ । सहज बनाउनका लागि मंसिर १ र २ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक मन्त्री केल्ली किडरलिङले नेपाल भ्रमण गरे र मंसिर २८ सम्म नेपालले संसदबाट पारित नगर्ने हो भने यो सहयोग अन्यत्र लैजान बाध्य हुनेछौं ।
देउवा सरकारको सिफारिसमा राष्ट्रपतिले मंसिर २८ गते नै संसद अधिवेशन बोलाएकी छिन् । मंसिर २८ गते नै एमसिसीको मुख्यालय अमेरिकामा नेपालले पाउने एमसिसी सहयोगलाई समेत एजेण्डा बनाएर बेठक डाकिएको छ । २ घण्टाको अन्तरालमा अमेरिकामा एमसिसीको बैठक र नेपालमा संसद आह्वान हुनु संयोगमात्र मान्न विज्ञहरू तैयार छैनन् । कारण समाचार आइरहेका छन्, संसदमा पुगेको एमसिसी प्रस्ताव टेबुल गरिनेछ, कार्यसूचीमा एमसिसीको प्रस्ताव पनि छ ।
के त्यसो भए एमसिसी पारित हुन्छ ? धेरैको जिज्ञासा छ ।
विज्ञहरू भन्छन्– एमसिसी पास हुने कि नहुने भन्ने निर्णायक शक्ति नेकपा माओवादी केन्द्र अर्थात प्रचण्ड हुन् । अहिलेसम्म प्रचण्डले भनेको विषय सुधार नगरी एमसिसी पारित हुन्न भन्ने नै हो । तर सत्तामा माओवादी केन्द्र छ र एमसिसीको सुरूआत माओवादीले नै गरेको कारणले पनि एमसिसी पारित गर्न प्रचण्डमाथि नैतिक वाध्यता पनि छ । एमसिसी पारित गर्नु हुन्न भन्ने सडकको जनमत बलियो छ । आवधिक निर्वाचन आउँदैछ र एमसिसी विरोधमा जबरजस्त जनमत भएका कारणले चुनाव हारिन्छ भन्ने भय हरेक पार्टीमा देखिन्छ । यहीकारण सत्तामा हुँदा एमसिसी टेबुल गर भनेर चिच्याउने एमाले यतिबेला हामी प्रतिपक्षीमा छौं, सरकारले केही भनेको छैन, सरकारले भनेपछि जवाफ दिनेछौं भन्ने जवाफ दिइरहेको छ । ५ दलीय गठबन्धन सरकारको नेतृत्व सम्हालेका कांग्रेस एमसिसी यही रूपमा पारित गर्न कटिवद्ध देखिन्छ ।
एमसिसी के हुन्छ, अब निर्णायक समय आएजस्तो छ । अमेरिका कुनै पनि हालतमा एमसिसी पारित गराउन खोजिरहेको छ । जनस्तारमा जतिसुकै आलोचना भए पनि राजनीतिक दलहरूको विश्वसनीयताको मापन एमसिसी बन्न पुगेको स्थितिमा बुझ्ने जो कोही भनिरहेका छन्– एमसिसी पारित हुन्छ, पारित गर्छन्, अब पछाडि हट्न सक्दैनन् ।
फेरि पनि प्रश्न जनताको एमसिसी विरोध र सन्निकट निर्वाचन नै हो र यो निर्वाचन प्रचण्ड–माधव नेपाल विरूद्ध केपी ओलीका लागि जीवनमृत्युको सवाल हुनपुगेको छ । र, एमसिसी निर्वाचन जित्ने सबैभन्दा उत्तम मुद्दा बन्नपुगेको छ । अब हेर्नुछ, प्रचण्ड र माधव के गर्छन् ?