Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ किन ? कसका लागि ?

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

एमालेको महाधिवेशन, चितवनमा ठूला नेताहरूको एउटै वयान रह्यो– लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ । किन, के गर्न, कसका लागि ? कुनै पनि नेताले स्पष्ट पारेनन् । सबैलाई थाहा छ, लोकतान्त्रिक शक्तिहरू एक भएर नै २०६३ सालमा परिवर्तन आएको हो । समानता र सर्वहारावादको नारा खूब लगाइयो । सुशासन र प्रगतिका सपना देखाइयो । तर कुनै पनि दल वा नेताले जनताका सवालमा, राष्ट्रका विषयमा गम्भीर भएर सोचेनन्, उभिएनन् र आफूलाई खरो रूपमा सावित गर्न पनि सकेनन् ।
यसकारण प्रश्न उठेको हो, लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ भने किन र कसका लागि ? अहिलेसम्म यी लोकतान्त्रिक शक्तिहरूले के के गरे, गर्नै नहुने कर्महरू किन गरे, लोक र लोकमतको हुर्मत किन लिए ? यत्ति प्रश्नमा घोत्लिने हो भने ठूला दलका नेताहरूले लगाएको लोकतान्त्रिक शक्तिहरूको एकता भनेको सत्तास्वार्थ पूरा गर्नमात्र देखिन्छ । सत्तास्वार्थ पूरा गर्नका लागि यस्तो नारा लगाएको हो भने यो स्वभाविक रूपमा जनताको आँखामा छारो हाल्ने काम हो । जनतालाई यति धेरै मूर्ख पनि नसम्झदा राम्रो किनकि आजका जनता सोझा हुनसक्छन्, लाटा छैनन् ।
यतिबेला हेरक ठूला पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्रमात्र होइन, राप्रपासमेत महाधिवेशनमा लागेका छन् । ठूला नेताहरूले आफ्ना हैसियतलार्य कसरी बरकरार राख्नेतिरमात्र सोचेको देखिन्छ । जब कि पार्टीका अगुवा जो छन्, ती असक्षम, अकर्मण्य र असफल भइसकेका पात्र हुन् । कुनै पनि दलका कार्यकर्ताहरूले नेतृत्वलाई कसरी घोट्ने र नयाँ सक्षम नेतृत्व चुन्ने अवसर यही हो । अहिले पनि सक्षम नेतृत्व चुन्न नसक्ने हो भने यिनै नेतृत्वबाट नयाँ कुरा, नयाँ गति पाइने आशा गर्नु मूर्खता हुनेछ । २०६३ सालदेखि लगातारको १५ वर्षमा जनताले लोकतन्त्रको स्वाद चाख्नै पाएका छैनन् । लोकतन्त्र त लोकनेता भनिनेहरूलाई मात्र आएको छ । जब लोकलाई लोकतन्त्र आउन सक्दैन भने यस्तो लोकतन्त्रको के अर्थ रह्यो र ? यस्तै लोकतान्त्रिक शक्तिहरू एक हुनुको अर्थ पनि छैन । लोकतन्त्रलाई सार्थक पार्ने हो भने गतिलो नेतृत्वको चयन हुनुपर्छ । तवमात्र लोकतान्त्रिक शक्तिहरूको एकताको अर्थ र औचित्य सावित हुनसक्ला ?
यी दलहरूले सपना धेरै देखाए । लोकतन्त्रका गरिमा र महिमालाई खण्डित र मण्डित पारेर लोकतन्त्रलाई अनियमितता, नैतिकहीनताका रूपमा नाङ्गेझार पारेर सडकमा पु¥याइसके । जसले लोकतन्त्रको यतिबिघ्न अपमान गरेका छन्, तिनीहरू आफूलाई लोकतान्त्रिक ठान्छन् र लोकतानित्रक शक्तिहरू एक हुनुपर्छ भन्छन् । यतिसम्म गरिसकेपछि अब किन र केका लागि यिनीहरूको एकताको आह्वान हो । बुद्धि छ भने एउटा निश्चित देशविकासका खाका तैयार गरेर एकता आह्वान गर्नु उचित हुनेछ ।