नेपाली कांग्रेस, माओवादी केन्द्र, संयुक्त जनमोर्चा, एमाले र जसपाको एउटा गुट अर्थात ५ जल एक ठाउँमा मोर्चावन्दी गरेका छन् र यो मोर्चाले भनेको छ– राष्ट्रियताको रक्षाका लागि विपक्षी पाँच दल एक ठाउँमा उभिएर कानुनी र सडक आन्दोलन गर्नु परेको हो । राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको दावी गरेर देउवा, प्रचण्ड, माधव, उपेन्द्रहरू उफ्रिरहेका छन् ।
राष्ट्रियता भनेको सत्ता हो कि जनता हुन् । राष्ट्रियता भनेको जनताको जनजिविका, सुरक्षा र स्वास्थ्य हो कि मोर्चा सत्तामा जानु हो ? जनताको सरोकारलाई बेवास्ता गर्ने विषय राष्ट्रियताको विषय कसरी हुनसक्छ ?
यी आन्दोलनकारीको तर्क छ– संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो । यो मोर्चाले जनताको सवाल उठाएको अहिलेसम्म सुनिएको छैन ।
कोरोनाले झण्डै हजारौं मरे, अक्सिजन नपाएर मरे । उपचार नपाएर मरे । अस्पतालको बेडमा भर्ना नपाएर मरे, टेब्लेट नपाएर मरे । खोप नपाएर मरे । कति जनता त भोकले मरेका छन् । जनताले यसरी मर्नुपर्ने र सत्तासीन र सत्तामा जान आतूर नेतृत्वबर्ग सत्ताको झगडामा अल्झिनुका कारणले जनताले बाँच्न नपाउनु राष्ट्रियता मर्नु हो । यसरी अकालमा राष्ट्रियता मरिरहदा राजनीतिक मोर्चाले जनताका साथमा उभिन नजानु, तिनको उपचार र खानपानमा सरोकार नराख्नु राष्ट्रियताका लागि आन्दोलिन हुनु कसरी हुनसक्छ ? राष्ट्रियताको रक्षाका लागि संसद थियो, सरकार थियो, नेतृत्व बर्ग थिए, ७ सय ६१ सरकार थिए, कसैले पनि जनताका पक्षमा पहिले काम गरौं अनि स्थिति सामान्य भएपछि राजनीतिक मुद्दा लडौंला भनेर राष्ट्रियता बचाउन राष्ट्रिय एकताको प्रदर्शन गरेनन् ।
यो मोर्चाको एकसूत्रीय अभियान छ– ओली सरकारको पतन । ओली सरकारलाई हटाएर देउवा नेतृत्वमा ५ दलीय मोर्चाको सरकार गठन । जब जब राष्ट्रमा असामान्य स्थितिको सिर्जना हुन्छ, त्यतिबेला हरेक पार्टीको एउटै मत र आवाज हुनुपर्छ, सबैको एउटै शक्ति देखिनुपर्छ, तबमात्र स्थितिलाई नियन्त्रणमा लिएर सामान्य पार्न सकिन्छ ।
देशका सम्पूर्ण राजनीतिक शक्तिले एकताका साथ विश्वलाई गुहारेको भए, विश्वशक्ति र छिमेकी देशहरूले यसरी नेपाली मरिरहेका हेर्ने थिएनन्, खोपका लागि मर्ने बाँच्ने जोखिममा पुग्नुपर्ने थिएन । सरकारलाई असफल पार्ने उद्देश्यले यो मोर्चाले सरकारलाई असहयोग ग¥यो, सरकारले खोप ल्याउन सकेन, उपचार मिलाउन सकेन र धेरैले ज्यान गुमाउनु प¥यो ।
अझै पनि मोर्चा राष्ट्रियताको फूर्ति लाउँछ । राष्ट्रियता भनेको जनता हो, ओली सरकार जनतालाई मारिरहेछ, विपक्षी पनि त्यही कर्म गरिरहेछन् भने कसरी राष्ट्रियताको जगेर्ना हुनसक्छ ?