Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

दिए एमाले, नदिए कांग्रेस

०२ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

लोकतान्त्रिक राजनीति अब व्यवसाय बन्न पुग्यो । भनेजस्तो सर्त माने ओलीसँग सहकार्य, नमाने कांग्रेस जिन्दावाद । लोकतान्त्रिक गरिमामा अड्नुपर्ने लोकतनत्र, अपहरण शैलीमा पुग्यो ।
नैतिकता न प्रधानमन्त्रीमा बाँकी रह्यो, न प्रधानमन्त्रीको राजीनामा माग्नेहरूमा । अदालतले संसद बिघटन गैरसंवैधानिक भनेर फैसला गर्द लड्डु बहार चल्यो । नेकपा बदर गरेर एमाले र माओवादी केन्द्रमा विभाजन गरिदिएपछि त्यही अदालत अनपेक्षित, अविश्वसनीय र षडयन्त्रकारीसम्मको सिकार हुनपुग्यो । नेतामा नैतिकता नभएपछि देखिने परिदृश्य यही हो । परिवर्तनले नैतिकताको पाठ सिकाउन सकेन । न संसदीय अभ्यासको मान रह्यो, न लोकतान्त्रिक नैतिक मूल्य नै बाँकी रह्यो ।
प्रधानमन्त्री केपी ओली सरकार टिकाउने साम, दाम, दण्ड, भेद नीति लगाउन थालेका छन् । विपक्षीहरू पनि के कम ? लागे शक्ति केपी ओलीलाई पदबाट हटाउन प्रयास गरिरहेका छन् । कसले बहुमत पु¥याउने र कसरी सत्ता बचाउने वा सत्तामा पुग्ने किनबेचको बजार गरम छ । लोकतन्त्रको सौन्दर्य अपहरणकारीको चरित्र बन्नपुगेको छ ।
राजीनामा माग्नेमा नैतिक बल क्षयीकरण भइसकेकाले प्रधानमन्त्री पदमा टिकिरहेका हुन् । संसदीय परम्परा र नैतिक धरातलमा कोही पनि नउभिएकाले आज लोकतन्त्रको गाईजात्रा देखिएको हो । संसदीय मर्याद र नैतिक धरातलमा राजनीति गरेको भए विधिको शासन हुनेथियो र यस्तो अन्यौलपूर्ण अवस्थाबाट सहज निकास निकाल्न सकिने थियो । नेपाली राजनीति त माखेसाङ्ग्लो भएर गुजिल्टिन पुगेको छ ।
लोकतन्त्रको मूल्य सरकार हाँक्नेले राखेनन् । छायाँ सरकार अथवा सत्तारूढ दलभित्रैका विपक्षी गुटले पनि मूल्यको राजनीति गरेनन् । संसदमा तीन ठूला दल छन्– नेकपा, नेपाली कांग्रेस, जसपा, यी तिनै दल नैतिकहीन राजनीति गरिरहेका छन् । अरू साना दलको प्रभाव शून्य रहेको छ । तर अनैतिक रूपमा सत्तामा रहेको सरकारसँग सहयात्रा गर्न सबै दल खुला रूपमा सर्त तेस्र्याएर वार्ता गरिरहेका छन् । फेरि एकपल्ट नैतिक पतनको पहिरो जान थालेको छ । सबै स्वार्थको व्यापार गरिरहेका देखिन्छन् ।
घोषित निर्वाचन बदर भएपछि प्रधानमन्त्री फाल्नुपर्ने हो, फाल्नेहरू तिनै प्रधानमन्त्रीसँग लेनदेनका लागि लनतन गरिरहेका देखिन्छन् । अचम्म त के छ भने नेकपा माओवादी केन्द्रले समेत दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । यो निर्णय आफैमा अनैतिक निर्णय हो । जसपा त आफ्ना माँग पूरा गरिदिए सत्तामा जाने भनेर खुट्टा उचालेका छन् । हिजोसम्म ओलीलाई तथानाम गाली गर्नेहरू ओलीको गलियारीमा जिन्दावाद भन्दै गरेको पनि देखिन थालेको छ । अचम्म छ, नेपाली राजनीति ।
ओली र विद्या भण्डारीलाई हटाएर आफू उक्लिनेहरूको साँठगाँठ अन्ततोगत्वा देशकै लागि महगो साबित हुनपुगेको छ । अझै समय छ, राष्ट्रिय सोच सबैले राखे एउटा निकास निस्कने सम्भाबना छ ।