Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यता सत्यनिष्ठाको कन्तबिजोग

१२ सोमबार , माघ २०७७४ बर्ष अगाडि

गीता छोएर सपथ खाँदा कम्युनिष्टको जात जान्छ भनेझैं गरी सत्यनिष्ठाको शपथ खाएका कम्युनिष्टहरुको गतिमति राम्रैसँग देखिएको छ । एउटाले अर्कोलाई कसरी नङ्ग्याइरहेको छ, बजारभरि नाङ्गेझार पारिरहेको छ, त्यो देखेर स्वयम् यिनमा सत्यनिष्ठाको मात्रा कति रहेछ देखियो ।
अमेरिकामा १२८ वर्ष पुरानो बाइबल छोएर सपथ खाएर नयाँ राष्ट्रपति, उपराष्ट्रपतिले पद बहाली गरे । अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो, त्यहाँ सत्य निष्ठा भनेको बाइबल बनेको छ भने नेपालमा गीता बन्न नहुने किन ? नेपाल वेदभूमि, गीता र बौद्ध ग्रन्थहरु छन्, यी ग्रन्थहरुमा व्यापक जनविश्वास पनि छ । नेपालमा कालभैरवका सामु उभिएर गीता छोएर सपथ खाँन किन नहुने ? नेपाल जेठो मुलुकको यो बिजोग, कान्छो मुलुक अमेरिका विश्वको नम्बर एक । त्यो धर्मनिरपेक्ष अमेरिकाजस्तो विश्वशक्तिले बाइबलमा हात राखेर देश र जनताको लागि कााम गर्ने सपथ खान हुन्छ भने नेपालमा नयाँ मुसलमानले प्याज धेरै खाएजस्तो गर्न जरुरी छैन । त्यसै पनि कुनै पनि पार्टीका नक्कले नेताहरुले खाने सपथ भनेको सौ मुसा खा कर हजको चली भन्ने उखान जस्तै हो । एकजना पनि नेता छैनन् जो जनताले विश्वास गरेका हुन्, आस्था राखेका हुन् । जति छन्, सबै भ्रष्टाचारमा डामिएकामात्र छन् । यस्तै नेताहरुले सत्यनिष्ठाका नाममा सपथ खाउन् कि भगवानका  नाममा, तिनले आफूले खाएको कसमको इज्जत राखेका छैनन् ।
अमेरिकामा उपराष्ट्रपति र १४ मन्त्रालय अर्थात १५ जनाले अमेरिकी शासन चलाएका छन् । क्षेत्रफल, जनसंख्या, कार्यक्षेत्र, प्रभाव विश्वभरि फैलाउन सकिन्छ भन्ने उदाहरण हो अमेरिका । नेपाललाई दाँजेर हेर्ने हो भने नेपाल काम होइन, ठगी गर्ने धन्दावालहरुको गूटजस्तो लाग्छ ।
हो, तुलना गर्न मिल्दैन । नगरौं । अध्ययन गर्न जरुरी छ । जान्न र सिक्न आवश्यक छ । नीति, नैतिकता र प्रजातान्त्रिक मूल्य र मान्यताको महत्व कति हुन्छ भन्ने कुरा अमेरिकाबाट सिक्न जरुरी छ । गलत गर्ने आफ्नै नेताविरुद्ध पनि त्यहाँका सांसदहरु कसरी लाग्दा रहेछन्, कुनै पनि हालतमा अवस्थामा विवेक गुमाउन हुन्न भन्ने उदाहरण पनि हो अमेरिका । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जे जस्तो तमासा देखाए, त्यसलाई नयाँ नेतृत्वले घाउ मान्यो र घाउ निको पार्न प्रयास गर्ने भन्दै सबै अमेरिकीलाई विभाजितबाट एक हुन आह्वान गरेका छन् । सबै मिलेर अमेरिकालाई सवल बनाउन छातीमा हात राखेर सपथ खाएका छन् नयाँ नेतृत्वले । नेतृत्व कस्तो हुनुपर्छ, कस्तो सोच राख्नुपर्छ, यो नेतृत्वबाट नेपालले किन नसिक्ने ?