धार्मिक स्वतन्त्रता लेखिएको संविधानमा रातारात धर्मनिरपेक्षता बनाइयो, संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने कूलबहादुर गुरूङ्लाई अवैधानिक रूपमा प्रस्ताव पेश गर्न लगाउन र गणतन्त्र कार्यान्वयन गर्न बाध्य पारिएको थियो । त्यही शक्तिले चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई वक्तव्य नै प्रकाशित गरेर ‘संसद् विघटन असंवैधानिक’ भन्न बाध्य पारेको चर्चा छ । त्यो शक्ति कुन होला, जसले नेपालमा अराजकता फैलाएर नेपालको अस्तित्व समाप्त पार्ने दाउपेच गरिरहेको छ । पूर्व प्रधानन्यायाधीशलाई बिवश पार्नु खतराको घण्टी बज्नु हो ।