Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

भारतीयले सम्झिए पृथ्वीनारायण शाह

१५ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

गोरखा पुगेर भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सम्झिए, गौरववोध गरे ।
कति ठूलो कूटनीतिक जोल्ट हो यो । यसबारेमा नेपाली राजनीतिले सिक्नुपर्ने र बुझ्नुपर्ने धेरै कुराहरु छन् । पृथ्वीनारायण शाहको सालिक तोडेर बहादुर देखाउनेहरुका लागि त यो पहिलो होमवर्क नै हो ।
किन सलाम नगर्ने हर्षवर्धनलाई । भारतले गरेको अतिवाद, हस्तक्षेप, बिस्तारवाद आफ्नो ठाउँमा छ । तर, सुगौली सन्धिबाट नेपालले गुमाएका भूमि र महाकाली नदीमात्र होइन, लिम्पियाधुरासम्मको भूभागको सीमा बिबाद वार्ता र प्रमाणका आधारमा सहमतिबाट टुङ्गोमा पुग्ने संवादको ढोका समेत खोलेर गएका छन् भारतीय विदेश सचिवले । हो, उनी विदेश सचिव हुन् र उनलाई राष्ट्रपति, प्रधानमन्त्री, विदेश सचिव स्तरमा महत्व किन दिएको भन्ने प्रश्नहरु उठेका छन् । बिर्सनै नहुने यथार्थ के पनि हो भने भारतीय विदेश सचिवले प्रधानमन्त्री मोदीको साह्रै महत्वपूर्ण सन्देश पनि लिएर आएका थिए र उनी रअ प्रमुख सामन्त गोयलजस्तै भारत सरकारका दूत बनेर आएका हुन् । उनले दूतले निभाउनु पर्ने दायित्व निभाए, दूतमार्फत नेपालले भारतीय प्रधानमन्त्रीलाई पठाउनु पर्ने सन्देश पठाउन पनि सफल भएको छ । २० महिनाको कूटनीतिक चिसोपन अब न्यानो बनेको छ, नेपालले प्रमाणका आधारमा सीमा समस्या सल्टाउने आधार बन्यो । यही श्रृंखलामा सबै राजनीतिक दलहरुले समर्थन र सहयोग गरे भने १९५० को सन्धि र नेपाल–भारतवीच विद्यमान तमाम समस्याहरु सुल्झाउने वातावरण बन्दै जानेछ । नारा जुलुस आफ्ना ठाउँमा छन्, सरकार सरकारवीच हुने कूटनीतिक वार्ताको छुट्टै महत्व छ । भारतीय विदेश सचिवले पुर्षाको महत्व र महिमा के हुन्छ भन्ने पाठ सिकाएर गएका छन्, यो राम्रो पक्ष हो ।
सत्ताको गठन, पतन, दलहरुको उठान र बैठान भनेका लोकतन्त्रका स्वभाविक प्रक्रियाहरु हुन् । यही प्रक्रियामा नेपालमा लोकतन्त्र छ । गणतन्त्र, धर्मनिरपेक्ष्ँता, संघीयताको सुगारटान पनि कायम छ । तर सार्वभौमिकताको मूल्यमा यी व्यवस्थाहरु आफैमा बिरोधाभाषपूर्ण प्रमाणित भइसकेका छन्, यो हामीले बिर्सनु हुन्न । किनकि केही अस्वभाविका र खतरनाक मोडहरु राष्ट्रिय जीवनमा अवतरण भइसकेका छन् । ती गतिविधिहरु पाच्य छैनन् ।
हरेक देलले विदेशी व्यक्तित्वहरुलाई आदर्श बनाएका छन् र तिनको फोटोमा फूलमाला चढाएर राजनीति गर्ने गरेका छन् । भारतीय विदेश सचिव आएर र गोरखा नै पुगेर पृथ्वीनारायण शाहलाई सम्झेका छन्, अर्थात सम्झाइदिएका छन् । राष्ट्रनिर्मातालाई बिर्सन सकिन्न भनेर गएका छन् । यो हो राष्ट्रवादको यथार्थ तस्वीर, जुन हामीमा हुनुपर्छ । हामीलाई हाम्रै गरौव कसैले सम्झाइदिनुपर्ने दिन पनि आयो । देश निर्मातालाई सम्झौं, देश विकासमा लागौं, यसैमा सबै समस्याको हलको खोजी गरौं ।