Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कोरोनाबिरुद्ध गर्नैपर्ने तीन काम

२६ सोमबार , श्रावण २०७७५ बर्ष अगाडि

कोभिड– १९, कोरोना भाइरस धमाधम समाजमा फैलिदै गएको छ । डाक्टरहरु अझै पनि सरकार र आमनागरिक सचेत भएनन् भने नेपालमा न्यूयोर्कको जस्तो भयावह अवस्था देखिनसक्छ भनेर चेतावनी दिइरहेका छन् । भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित बढ्दै जानु र नेपाल–भारतवीचका सीमा खुला हुनुले नेपालमा कोरोना संक्रमण बढ्नुको मुख्य कारण हो । यो कारणलाई रोक्न सकिएन भने स्थिति नियन्त्रण बाहिर पुग्नेछ र नेपालले त्यो भयाबहतासँग जुध्न सक्नेछैन । अहिले नै अस्पतालहरुमा बेडको अभाव देखिन थालिसकेको छ । यसकारण संचेतनाको अर्को उपायले कोरोना रोक्न सकिनेछैन ।
कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपालले कडा रुपमा मापसे अर्थात माक्स, पञ्जा र सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गर्नैपर्छ । अत्यावश्यक काम बाहेक घरबाट मानिसहरुलाई ननिस्कन जागरुक पार्नैपर्छ । भीडभाड हुनबाट रोक्नैपर्छ ।
र, अन्य गर्नेपर्ने तीन कार्यहरु यसप्रकार छन्–
१. नेपाल–भारतवीचका खुला सीमा सिल गर्नैपर्छ । मुख्य नाकाभन्दा डरलाग्दा जोखिम चोर नाकाहरु हुन्, जहाँबाट चोरीनिकासी र आवतजावत निर्वाध भइरहेका छन् । घूसपैठियासमेत चोर नाकाहरुमा सक्रिय रहेकाले सीमा सिल गर्ने विषयमा सुरक्षाकर्मी नपुग्ने हो भने सेनालाई समेत परिचालन गर्न सकिन्छ । यहीबेला हो, हरेक पार्टीका लाखौं कार्यकर्ताहरुलाई संचेतना जगाउन परिचालन गर्न सकिन्छ । पार्टीहरुले एकदोस्रालाई केही गरेन भनेर दोषारोपण गर्ने होइन, आआफ्ना लक्ष्य र सख्य अनुसार यो महामारीबाट बच्न र बचाउन भूमिका खेल्नुको विकल्प छैन । कोरोना सर्नु समाज असुरक्षित हुनु हो ।
२. संक्रमण जहाँ देखियोस्, तत्काल सिल गर्ने र व्यापक रुपमा पीसीआर परीक्षण गर्नुपर्छ । अन्यत्रको खर्च कटाएर भए पनि बढीभन्दा बढी पीसीआर परीक्षण गरेर संक्रमितलाई उपचारको व्यवस्था मिलाउनु पर्छ । यो समय उसलाई सरेको हो, मलाई होइन भनेर पन्छिने समय होइन । जो पनि संक्रमित हुनसक्छ । सजगताको खाँचो छ ।
३. जोजसले सक्छ, स्यानिटाइजर, मास्क, पञ्जा र फेससिल्डको व्यापक प्रवन्ध गरौं । सम्भव भएसम्म बितरण गरौं ।
यति गर्न सक्ने हो भने बिस्तारै कोरोना संक्रमण न्यूनिकरण हुँदै जानेछ । समाजमा फैलिनबाट रोक्न सकिने छ । र मर्दै गएको अर्थतन्त्र, समस्यामा पर्दै गदएको जनजिविकामा सहजता आउँदै जानेछ । कोरोनाका कारणले विश्वशक्तिहरु सन्निपात लागेजस्ता भइसकेका छन्, हामी त साना मुलुक । हामीलाई कोरोनासँग सचेतनाले मात्र बचाउन सक्छ । यो सवालमा कुनै कञ्जुसी नगर्दा मानवीयता जोगिने छ ।