Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

अब त अति भो

१९ सोमबार , श्रावण २०७७५ बर्ष अगाडि

सीमासहरमा मात्र होइन, राजधानी पसिरहेका अनियन्त्रित भीडका कारणले कोभिड–१९, कोरोना भाइरस बढ्दै गइरहेको छ । साना ठूला सहर बजारमा मात्र होइन, राजधानीमा समेत सवारी साधन र मानिसको भीड थेगिनसक्नु गरी बढिसकेको छ । असनबजार क्षेत्र र सुरक्षा निकायमा समेत कोरोनाको संक्रमण बढेबाट समाजमा फैलिसकेको अनुमान गर्न सकिन्छ । कोरोना समाजमा फैलियो भने के होला ? विज्ञ विशेषज्ञहरु भन्छन्– बेलैमा ध्यान पु¥याउन सकिएन भने खेला“ची गर्नेहरु आफू मर्नेछन्, अरुलाई पनि मार्नेछन् र न्यूयोर्क सहरजस्तो भयावह स्थिति पनि आउनसक्छ । त्यसैले प्रत्येक नागरिक सजग हुन जरुरी छ ।
स्वास्थ्यमन्त्री नाक फुलाएर भन्छन्– गज्जबको काम गरेका छौं । यता भुसको आगोझैं कोरोना संक्रमण फैलिरहेको छ, परीक्षणमा व्यापकता ल्याएर जथाभावी हिड्डुल गर्न रोक लगाउन छाडेर नेकपा पार्टी कार्यालय र सिंहदरवारलाई बालुवाटारमा केन्द्रित गरेका प्रधानमन्त्रीका लागि पद टिकाउने र आफ्नै पार्टीभित्रका प्रतिपक्षीलाई ठेगान लगाउन हम्मे हम्मे परेका दृश्यहरु देखिन्छन् । नेकपाका जिम्मेवार नेताहरु देश संकटमा परेका बेलामा संक्रमणस“ग कसरी जुध्ने र बिदेशी चलखेल कसरी नियन्त्रण गर्ने भन्नेतिर सोच्दैनन्, नेकपाका कार्यकर्ता पनि नेताहरुका गुट गुटमा बिभाजित भएका छन् । यो तालले सरकारको काम र ध्यान ओल्लो किनार न पल्लो तीर हुनु स्वभाविक हो । यही ताल हो भने संक्रमण समाजमा फैलिदै जानेछ र उपचारको बिधि व्यवस्थापन कसरी गर्ने भन्ने दीर्घकालीन योजना कसले तैयार गर्ने ? राजधानीमा कोरोना फैलिएको गति देख्नेहरु भन्न थालेका छन्– राजधानीको केही घर, पसल, क्षेत्र होइन, सिङ्गै राजधानीलाई केही समय सिल गर्न जरुरी छ । तर, सरकार धमाधम आवतजावत खोलिरहेको छ, अव स्कूल, कलेज पनि खोल्ने सुरसार गर्दैछ । यातायात खोलेको सरकारले सामाजिक दूरी कायम गराउन सकेन । सरकार चौतर्फी रुपमा असफल हु“दैछ ।
भनसुन र चिनजानका भरमा धमाधम पास बितरण भइरहेका छन् । एक सहरबाट अर्को सहर र राजधानी भित्रिनेको लर्को थामिनसक्नु देखिन्छ । भारतमा दिनहु“ लाखौं संक्रमित देखिएका छन् र खुला सिमाना सिल गरे पनि खुला सिमानाका चोरनाकाहरुबाट निर्बाध आवतजावत भइ नै रहेका छन् । समस्याको कारण नै व्यापक परीक्षण हुन नसक्नु, सामाजिक दूरी र माष्कको प्रयोगमा खेला“ची हुनु र बिना साबधानी आवतजावतमा बढोत्तरी हुनु नै संक्रमण बढ्नुको कारण हो । संचेतना जगाउन र सुरक्षामा अलि कडाइ गर्नैपर्छ । तर सत्तारुढ दलभित्र सरकार फेर्ने, सरकार ढाल्ने खेलले देशमाथिको संक्रमणमा ध्यान पुगेको छैन । यो त अति भयो ।