Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सत्ता महाभारत

२२ सोमबार , असार २०७७५ बर्ष अगाडि

चल्दाचल्दैको संसद अधिवेशनको अन्त गरियो । सत्तारुढ पार्टीभित्र प्रधानमन्त्री फेर्ने खेल सुरु भयो, प्रधानमन्त्री केपी ओली राजीनामा दिन तैयार भएनन् अनि त झण्डै दुई तिहाइको जनादेश पाएको नेकपाभित्र महाभारत सुरु भयो, महाभारतको अन्त्य मध्यावधि, पार्टी टुक्रिने कि मेलमिलाप हुने हो, भन्न नसकिने मोडमा पुगेको छ । प्रधानमन्त्री फेर्नैपर्ने कारण सरकार असफल भयो भनिए पनि यथार्थमा यो पार्टीको असफलता हो । असफलतालाई सफल कसरी बनाउन सकिन्छ भन्ने बहस नेकपाभित्र कहिले पनि चलेन । प्रधानमन्त्री फेरेर असफलता टर्छ, सफलताको श्रृङ्खला सुरु हुन्छ भन्ने प्रत्याभूति छैन । ओलीलाई फालेर आउने उही प्रचण्ड कि माधव नेपाल हुन् । यी दुवै व्यक्ति पहिले नै प्रधानमन्त्री भएर असफल भइसकेका व्यक्तिहरु हुन् । अनि कसरी विश्वास गर्न सकिन्छ कि प्रधानमन्त्री फेरेर सुशासन कायम हुन्छ ?
केपी ओलीले नेपालको अध्यावधिक नक्सा छापेर अतिक्रमित भूमि फिर्ता मा“गेपछि भारत नराम्ररी रिसाएको छ । केपी ओली भारतविरोधी भए, चीनको लहैलहैमा लागेर नेपालमा भारतको बिरोध चर्काए भनेर भारतीय दूतावासका पदाधिकारीदेखि दिल्लीबाट आएका प्रतिनिधि पात्रहरु सत्तारुढ दलका विपक्षी खेमालाई प्रधानमन्त्री फेर्न उक्साइरहेका अनेक समाचार आएका छन् र दिल्लीका सञ्चारमाध्यमले नेपालमाथि, नेपाल सरकारमाथि विष वमन गरिरहेका छन् । एकप्रकारले नेपालस“ग युद्धकै माहोल बनाएको देखिन्छ र जसरी पनि नेपालमा सरकार फेर्ने अभियान चलेको देखिन्छ । यही कुरा प्रधानमन्त्रीले संसदमा उद्घाटित गरेपछि सत्तारुढ दलभित्र नेपालको सार्वभौमिकताको तापक्रम बढेको छ । गर्नुपर्ने थियो– छलफल, बहस, असहमतिमा सहमतिको खोजी । कसरी नेकपालाई सफल पार्ने, जनविश्वास बढाउने, सुशासन दिने र सरकारले गरेका गल्ती कमजोरी हटाउने प्रयास । सरकारका कमजोरी हटाउनुको बदला सरकार नै फेर्ने जुन अभियान चलेको छ, यसबाट सत्तारुढ दलभित्र ठूलै दुर्घटनाका संकेतहरु देखिएका छन् । ०५२ सालमा कालापानीलाई लिएर एमाले र माले दुई पार्टी बनेको थियो, अहिलेको एमाले र माओवादी एकताबाट बनेको नेकपा पनि फेरि एमाले र नेकपा माओवादी बन्न बेरछैन । पार्टी टुक्रिनसक्ने वातावरण बनिसकेको छ । यस्तो तिक्तता बोकेर नेकपाको एकीकरण अव अगाडि बढ्लाजस्तो देखिदैन ।
देशले राजनेता खोजेको छ । देशलाई माया“ गर्ने र कूशासनको अन्त गर्ने सरकार खोजेको छ । त्यतातिर नेकपाको ध्यान देखिदैन । लोकतन्त्रको चीर हरण भएको छ, जनादेशको चीर हरण भएको छ, देश फेरि अराजकतातिर गयो, संविधान र संसदीय प्रणाली दुर्घटनाग्रस्त भयो भन्दा हुन्छ ।