
पहिलो कुन मेसिन, कुन सामग्री ल्याउने विशेषज्ञ छलफल नै नगरी सामान ल्याउने निधो गर्ने, सामान ल्याउन लगाउने अनि सामान आएपछि मेसिनमा फिट भएन, सामान काम लागेनजस्ता कुरा गरेर बदनाम गर्न खोज्ने, कमिशनचाहिं पहिले नै हजम गरिसक्ने । यस्ता कर्मचारीतन्त्र बोकेर कोभिड–१९, कोरोना भाइरस समाजमा फैलिने बाहेक नियन्त्रणमा कसरी आउनसक्छ, नेपालको कर्मचारी प्रशासनको नालायकीको लापरवाहीको मूल्य जनसाधारणको ज्यान जोखिममा पारेर चुकाउने काम भइरहेको छ ।
यतिबेला कोरोना भाइरस नियन्त्रणमा आइसक्नुपर्ने हो । जो भारतबाट खुला सीमा भएर आए, आउनेक्रम मत्थर भइसकेको छ । जे जति कोरोना सल्काएर आएका छन्, आइसकेका छन् । तिनको व्यापक परीक्षण हुनपर्ने हो, सरकार आफ्नो कर्तव्यमा चुकिरहेको छ । विदेशबाट उद्धार गरेर आउनेहरु आइरहेका छन्, तिनीहरुको व्यवस्थापन भइरहेको छ । स्वास्थ्य परीक्षणमा व्यापकता ल्याएको भनिए पनि त्यो सम्भव भइरहेको छैन । कोरोना बाहेक अन्य बिरामीहरुको नियमित जा“च हुनसकेको छैन । कोरोना कोरोना भनेर अन्य बिरामीहरुको ज्यान जोखिममा परिरहेको छ । सरकारले कोरोना अस्पताल छुट्टै तरिकाले चलाउन सक्नुपर्ने थियो । क्वारेन्टाइन र आइसोलेसनसमेत कोरोना फैलाउने कारण बनिरहेका छन् । यो सबै सरकार चलाउने मन्त्री र प्रशासन चलाउने कर्मचारी बर्गको मिलेमतोमा कमिशनको चक्करले गर्दा भइरहेको छ । जनताको ज्यान सस्तो बजारको सामान बनिरहेको छ ।
यस्तो बिपतको बेलामा पनि कमिशन ? कठै नेता, प्रशासकहरु ?