Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

इनफ इज इनफ

०८ सोमबार , असार २०७७६ बर्ष अगाडि

देशका झण्डा बोकेका युवाहरु यतिबेला विभिन्न सहरहरुमा इनफ इज इनफ भनेर सडक आन्दोलनमा छन् । देशका होनहार युवाहरु यसरी सडकमा निस्किरहेका छन्, सडकमा सुतिरहेका छन्, सडकमा नाराबाजी पनि गरिरहेका छन् । उनीहरुको यो आक्रोश कूशासनविरुद्ध छ । उनीहरु सुशासन मा“गिरहेका छन् । जनताप्रति जवाफदेहीता खोजिरहेका छन् । जनताले उपचार नपाएको, कोरोना रोकथामका नाममा भ्रष्टाचार भएको र देशको हालत लथालिङ्ग हुनपुगेको प्रति युवाहरुले चिन्ता प्रकट गरेका छन् ।
इनफ इज इनफ यही आन्दोलन देखिन्छ । युवाहरुको यो स्वतःस्फूर्त आन्दोलन हो किनकि कुनै पनि राजनीतिक दलहरुको व्यानर, झण्डा यो आन्दोलनमा देखिदैन । यसकारण पनि यो आन्दोलनले पार्टीको होइन, देशको प्रतिनिधित्व गरिरहेको छ । देश बोलिरहेको छ । देशको आवाज र अपेक्षा यो आन्दोलनले प्रतिनिधित्व गरिरहेको अनुभूव गर्न सकिन्छ । मूल कुरो यो आन्दोलनले देशका सीमा बोलेको छ, देशका जनताको पीडाको प्रतिनिधित्व गरेको छ, देशले खोजेको शासनव्यवस्थाको मुद्दा उठाएको छ । समष्टिमा युवाहरुको यो आन्दोलनले देशलाई जुरुक्कै उठाएको छ । यो आन्दोलन आ“धी हुरी नबन्दै ५ वर्षका लागि जनादेश पाएको पार्टी नेतृत्वको सरकारले रोक्नुपर्छ, तिनलाई संवोधन गर्नुपर्छ, युवाहरुलाई पानीको फोहरा, लाठी, पक्राउ, दमन गरेर यो आन्दोलन सेलाउने छैन । किनकि यो आन्दोलनमा जे जति आवाज उठेका छन्, समस्त नेपालीहरुको मनको आवाज हो ।
लोकतन्त्र र लोकसरकार जनताले ल्याएको बनाएको हो । लोकको अपेक्षा पूरा गर्नु र आफूले गरेका प्रतिवद्धताप्रति जवाफदेही हुनैपर्छ । लोकअधिकारलाई दमनका माध्यमबाट समन गर्न खोज्नु निरंकूशता हो । जनताले सरकार फाल्छु भनेका छैनन्, जनताले कुनै अमूक पार्टीको सरकार मा“गेका पनि छैनन्, जनताका रुपमा युवाहरु सडकमा लम्पसार परेर, कोरोना भाइरसको खतरास“ग पनि लड्दै सरकारलाई जिम्मेवार हुन, जवाफदेही बन्न भनिरहेका छन्, नितान्त स्वतः स्फूर्त यो आन्दोलनलाई दबाउनु भनेको सरकारले आफ्नो आयु आफै घटाउनु र युवाको नेतृत्वमा अर्को जनआन्दोलन निम्त्याउनु हो ।
यसकारण इनफ इज इनफ आन्दोलन अति भयो अराजक शासन, रोक अति भयो भनेर शासक र प्रत्येक राजनीतिक दलका नेताहरुलाई युवाहरुको खबरदारी हो । त्यसै पनि रोजगारीमा विदेश गएका युवाहरु स्वदेश फर्किरहेका छन्, उनीहरु गरिखाने स्वच्छ वातावरण खोजिरहेका छन्, उनीहरु कोरोनाको उपचारका नाममा, जनताका नाममा अनियमितता सहने पक्षमा छैनन् ।