
नेपाली भूभाग समेटेर संविधान संशोधन विधेयक प्रस्तुत हु“दा संसदका २५८ सदस्य सहभागी भए, एकमतले पारित गरे । सधैं झगडा गर्ने, विभेदका कुरा गर्ने मधेशी र अन्य समुदायले समेत राष्ट्रिय एकतामा ऐक्यवद्धता जनाए, नेपाल नेपालीको साझा भूगोल हो भनेर प्रमाणित गरे । संसदका सबै पार्टीहरुलाई हार्दिक बधाई । यस घटनामा जनताले खुशी मनाए ।
देशमा चाहिने यस्तै सहमति हो । सबैको सहयोग र सहकार्यबाट सुशासन कायम गर्न सकिन्छ, समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिन्छ । संविधान ा भित्र र बाहिरका अथवा परम्परागत जुन जुन राजनीतिक शक्तिहरु छन्, ती सबैलाई समेट्न सके यो एकता प्रदर्शन अझ दर्बिलो बन्नसक्छ । नेपाल निर्माण गर्ने एकताले हो, सहमतिले हो । राष्ट्र पहिले, त्यसपछि असन्तुष्टिका विषयमा बहस बिबाद गर्ने जुन उदाहरण स्थापित भयो, यो उदाहरण नेपालको भाग्य र भविष्य, नेपालको सर्वाङ्गिण विकास र सार्वभौमिकताका लागि सदैव प्रेरित गरिरहने घटना हुनेछ । हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने नारा सारमा प्रमाणित हुनपुगेको छ । यही भावमा राजनीति हुनुपर्छ ।
देशभक्तिप्रति अव कसैमाथि शंका रहेन । देश साझा बन्यो । यो भूगोलमा बस्ने जो कसैले पनि देशका लागि योगदान गर्न पछि पर्नेछैनन् भन्ने उदाहरण स्थापित हुनपुग्यो । २०७७ साल जेठ ३१ गतेको दिन नेपाली एकताको प्रदर्शन भएको र नेपाली एक छन् भन्ने प्रमाणित भएको सुखद दिन बन्यो ।
नेपालको समष्टि भूभाग अव संविधानमा, नक्सामा, निसान छापमा अंकित हुनपुगेको छ । राष्ट्रियसभाको औपचारिक निर्णय बा“की छ, त्यो पूरा भएपछि नेपाली एकताको विषयमा कुनै शंका बा“की रहनेछैन । लिम्पियाधुरा, लिपुलेक, कालापानी पनि नेपाल हो, नेपालीभूमिबाट भारतले अव पछि हट्नुपर्छ । देश आकारले हतियारले ठूलो हुने होइन, सबै देश समान छन् भन्ने भावनामा भारतले पनि सहमत हुनैपर्छ, अर्को विकल्प बा“की छैन ।
राष्ट्रिय स्वाभिमानको लडाइ“मा एकपल्ट पुनः नेपाली एक भएका छन् । यो एकतालाई कुनै पनि विदेशी जालझेलले कहिल्यै तोड्न सक्ने छैनन् । यसकारण हामी सबैलाई, आफैलाई बधाई दिन चाहन्छौं ।