Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

संविधान संशोधन कि पापमोचन

१२ सोमबार , जेठ २०७७५ बर्ष अगाडि

८ वर्षसम्म संविधानसभाले संविधान जारी गर्न सकेन । बल्ल बल्ल २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सिङ्गो नेपालको भूभाग नसमेटिएको खुलासा तब भयो जब भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो राजनीतिक नक्सामा पारेर जारी ग¥यो । यसपछि नेपाली जनता जागरुक बने, आफ्नो भूमि खोज्न थाले । बाध्य भएर सरकार र संसदले पनि यस मामिलामा चासो लिनुपर्ने भयो, लियो । जनताले सडकबाट निरन्तर दबाब दिएपछि र संसदमा समेत कुरा उठेपछि सरकारले ती भूभागहरु नेपालका हुन्, भारतीय नक्सा स्वीकार छैन भनेर नेपालको नक्सा अद्यावधिक गरेर प्रकाशनमा ल्यायो । अव नेपालको नक्सामा २०१५ सालमा चुनाव भएको, २०१८ सालको जनगणनामा नेपाल रहेका र तत्कालीन नेपालको नक्सामा समेत कायम रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको नक्सामा समावेश गरिएको छ । अव प्रश्न छ, नक्सा साबुत आयो अव ती भूभागमा भारतीय हकाधिकार हटाएर नेपालको हकभोग कसरी स्थापित गर्ने ? यसका लागि जनस्तर र सरकारी स्तरबाट प्रमाणहरु संकलन भएका छन्, प्रमाण पछारेर वार्ताद्वारा समस्या हल हुनुपर्छ ।
यद्यपि प्रश्न छ– महान राष्ट्रवादी प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र कांग्रेससभापति शेरबहादुर देउवा संसदबाट नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गर्नका लागि संविधान संशोधन गर्न तैयार भएका छन्, प्रस्ताव संसदमा पुगिसकेको छ । ८ वर्ष लामो संविधानसभाले नेपालको नक्सासमेत अध्ययन गर्न नभ्याएको किन ? नेपालको भूभाग नै छाडेर संविधान जारी गर्नु राष्ट्रघात हो कि होइन ? यसबारेमा महान नेताहरु, तत्कालीन संविधानसभाका सबै सभासदहरु आफूबाट राष्ट्रघात भएको स्वीकार गर्छन् कि गर्दैनन् ? संविधानसभामा जुन जुन पार्टीहरु प्रतिनिधित्व गर्थे, जो जो नेताहरु सभासद् बनेका थिए, आज पनि अधिकांश तिनै पार्टी र व्यक्तिहरु संसदमा छन् । तिनीहरुले संविधान संशोन गर्नु भनेको गौदान गरेर चोखिनुमात्र होइन र ? यथार्थमा यी सबैले राष्ट्रघात गरेका छन् र राष्ट्रघात गरेर देश र जनताप्रति गद्धारी गर्नेलाई कुनै सजाय हुन्न ?
देशघात गर्ने अधिकार कसैलाई छैन । जसले देशप्रति घात गर्छ, गौदान र पापमोचनले मात्र पुग्दैन । पछि पछि कसैले अपराध गर्न नसकुन्, त्यस्ताले सजाय पाउनैपर्छ । देशका विभिन्न भागमा ६० हजार हेक्टरभन्दा बढी भूभाग मिचिएको छ, ती भूभाग समेटेर यही बेलामा सा“धसिमाना दुरुस्त पार्नुपर्छ र कतै कसैले देशका सीमा अतिक्रमण गर्न नसक्ने पक्का तैयारी गर्नुपर्छ ।
अन्तमाः
  सानो राष्ट्रका लागि उत्तम छिमेकी सानो सेनासहितको धनि देश हो । सबभन्दा खतरनाक छिमेकी विशाल सेनासहितको गरिब मुलुक हो
– प्रा. यदुनाथ खनाल