Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

बिपत्तिको सामना फुटबल खेलेर कसरी हुन्छ?

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

कसरी पुनर्स्थापना र नवनिर्माण गर्ने भन्ने विषयमा राजनीतिक बहस भएकै छैन। सरकारले कुनै योजना सार्वजनिक गर्न सकेन। प्रतिपक्षीहरुले एउटा मार्गचित्र प्रस्तुत गरेर यसरी अघि बढौं भन्न सकेनन्। महाभूकम्पले जुन राष्ट्रिय विपत्ति ल्याइदिएको छ, त्यो विपत्तिको साममना कसरी गर्ने? सरकार चन्दा आएन भनेर टकटकिरहेको छ, असार १० गते सहयोग सम्मेलन गर्ने तैयारी गर्दैछ भने प्रतिपक्षी राजनीति गर्न व्यस्त छ। संसद चलिरहेको छैन, संविधानसभा ज्यूादै छ कि मरिसक्यो, भन्न सकिन्न। अर्थात् राष्ट्रिय विपत्तिमा राष्ट्रिय राजनीति उदासीन छ। जनताप्रतिको जिम्मेवारीबोध यिनलाई अझै भइसकेको छैन। गैरजिम्मेवारीले सीमा नाघिसक्यो। सन २०१२ पछिको सबैभन्दा गर्मीको दिन थियो:जेठ २३ गते। त्यही दिन सशस्त्र प्रहरीको मैदानमा राजनीतिकर्मी विरुद्ध कलाकारहरुको फूटबल प्रतियोगिता आयोजना गरियो। यसबाट उठेको रकम भूकम्पपीडित उद्धारकोषमा जम्मा गर्ने भनियो। यसरी कति उठ्छ रकम? उठेका र संकलित रकम, राहतको चरम दुरुपयोग भइरहेको रोक्न नसक्नेहरु फूटबल खेलेर भूकम्पपीडितलाई सहयोग गर्ने नाटक गर्छन्। नाटक नाटकमै राजनीतिक बर्ग खिया लागेर सकिने भए, देश सक्ने भए। यसरी न अर्थपूर्ण सहयोग हुन्छ, न राजनीतिक सोचमा तात्वीक अन्तर नै आउनेछ। पित्ले भुाडी हल्लाएर फुटबल खेल्नु तिनको स्वास्थ्यका लागि उपायोगी भयो होला, पीडामा छटपटिएका आमनागरिकका लागि केही भएन।
बरु, यो समय राजनीतिक दलहरु एकै थलोमा बसेर पुनर्स्थापना र नवनिर्माणको एउटा मार्गचित्र तय गर्न सकेको भए, त्यो महत्वको हुनेथियो। अहिले मुलुकलाई राष्ट्रिय विपत्तिको सामना गर्ने राष्ट्रिय प्रयास चाहिएको छ। राज्य विदेशीको निर्देशनका सामु झुक्ने र तिनको निर्देशन मान्ने जुन अराष्ट्रिय सोच बनेको छ, अपसंस्कृतिको पिछलग्गु बनेको छ, त्यसबाट राष्ट्रिय एकता र सहमति, राष्ट्रिय अपेक्षा र दृष्टिकोण निर्माणलाई नै उपेक्षा र तिरस्कार गरेको छ। यो अवस्थामा फूटबल मैदानमा एकता होइन, राष्ट्रिय राजनीतिमा चाहिने एकतामा तुषारापात हुनुगेको छ। यो अवस्था भनेको टाट राजनीतिक हैसियतको छर्लङ्ग तस्वीर हो। लोकतन्त्र यसरी टाट हुनुहुन्न। लोक छन्, लोकतन्त्र छ, त्यही अनुसारको राजनीति हुनुपर्छ। विपद व्यवस्थापन नेपालले गर्ने हो। पुनर्स्थापना र नवनिर्माण पनि नेपालीले नै गर्नुपर्छ। यो राष्ट्रिय दायित्वमा पनि वैदेशिक शक्तिको संलग्नता र तिनकेा अभिष्ट लुकेको सहयोगकै अपेक्षा गर्ने हो भने महाभूकम्पपछिको जुन दुर्दसा छ, त्योभन्दा ठूलो दुर्दसा खेप्न बााकी नै छ भन्दा हुन्छ। राष्ट्रिय स्रोत, युवा परिचालन, राजनीतिक एकता र सुशासनको क्षमता उपयोग हुन नितान्त जरुरी छ। त्यसकारण खेल होइन, राष्ट्रिय दृष्टिकोण बनाउ।