
नागरिक समाज, बुद्धिजीवी र पार्टी कार्यकर्ताले नागरिकका पीडा बुझ्लान्, नागरिकका पक्षमा बोल्लान् भन्ने जुन अपेक्षा थियो, त्यो कोरा अपेक्षा साबित हुनपुग्यो । नागरिक सडकमा भौंतारिएको देखिन्छ, हजार किलोमिटर हि“डेर आफ्नै घरपुग्ने लक्ष्य राखे खाली पैताला, भोको पेट, बुढा बच्चा च्यापेर हि“डेका देखिन्छन्, तिनको व्यवस्थापन गर्न सरकार उदासीन रह्यो, बुद्धिजीवी र नागरिक समाजले सरकारलाई दबाब दिन सकेनन् । फलतः कोरोनाको कहर नागरिकले झेलिरहेका छन् ।
कोरोना र आगो उस्तै हो । बिर्सनेहरु बिर्सिरहेका छन् । यो भाइरस र आगोको कोही आफन्त हु“दैन । यो सल्क्यो भने यसको धर्म हो सखाप पार्नु । चीनबाट सुरु भएर युरोप, अमेरिकासम्म फैलिएको कोरोना डढेलो बनेको छ । डढेलोमा मन्त्री, प्रधानमन्त्री कसैलाई छाडेन । गरिखाने बर्ग बढी संसर्गमा आउने हु“दा बढी प्रभावित भएका छन् । तर आगोले भेटेको जति खरानी बनाइरहेकै छ । त्यो आगो नेपालमा पनि सल्किसकेको छ । सचेतता जरुरी छ । समाजमा फैलिन नदिन सरकारले गरेको सावधानी पनि प्रशंसायोग्य नै छ । मात्र, नागरिकको सहजताका लागि सरकारले बेवास्ता गर्नू दुर्भाग्य हो । यस्तो बेलामा पनि सत्तँमा बस्ने, शक्तिमा बस्नेहरुले कमिशनको ¥याल काढ्नु र भ्रष्टाचारका लागि जालझेल गर्नु दुर्भाग्य हो । जीवन नै रहेन भने सम्पत्तिको के काम ? नागरिक रहे देश रहन्छ, देश रहे राजनीति पनि रहन्छ । राजनीति रहे सत्ता रहन्छ । महाविपत्तिस“ग जुध्न जन जनमा सरकार छ, जनप्रतिनिधि छन्, बुद्धिजीवी र नागरिक समाज पनि छ भन्ने भर भरोसा दिलाउनै पर्छ । यही विश्वासमा जस्तोसुकै महामारीस“ग लड्न सकिन्छ । तर कोरोनाको महाविपत्ति आमनागरिकलाई मात्र आएजस्तो छ । यी गरिखाने बर्गलाई भोकभोकै पारेर र राज्य सामल समानुपातिक रुपमा बितरण गर्न नसकेर जनताको कुरा उच्चारण गर्नेहरु आलोचनाको पात्र बनेका छन् । आलोचनाका पात्रहरुले आफूलाई अझे भुइ“मान्छेको पक्षमा उभ्याउन सकेनन्, तिनको कल्याणका लागि सोचेनन् भने भोलिका दिन यिनका लागि भारी पर्नेवाला छ । किनकि भोको पेटको आक्रोश अर्को खतरनाक आगो हो, चेतना रहोस् ।