Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यस्तो बेला आन्दोलनको धम्की

०१ सोमबार , बैशाख २०७७५ बर्ष अगाडि

सरकारले लकडाउनका कारण सुविधा दिन सोचिरहेको जानकारी गराएपछि उद्योग वाणिज्य महासंघले झन क्रोधित भएर बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएको छ । कोरोनाका कारण आर्थिक कारोवार ठप्प भएको कुरा संसारलाई थाहा छ । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर घटाइसकेको छ । एक महिनापछि कर्जाको ब्याजदर घटाउने र सावा“ब्याज तिर्ने म्याद दिने कुरा पनि आइसकेको छ । तैपनि कोरोनास“ग युद्धको स्थिति रहेको बेलामा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन गर्ने चेतावनी दिनु अनुचित हो ।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष छिन् भवानी राणा । उनले ‘१५ दिनभित्र व्यवसायीको माग सम्बोधन भएन भने हामी देशभर एकैपटक आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’ भनेर चेतावनी दिइकी हुन् । यस्तो चेतावनी दिनुपूर्व राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, मोरङका उद्योगीहरु र प्रदेश सरकारका प्रतिनिधिहरुसमेत बसेर छलफल गरेका थिगए । उनले कर्जाको ब्याजदर ७ र व्यापार व्यवसायको ९ प्रतिशत कायम गरिनु पर्ने माँग गरिरहेका छन् । यस चुनौतीले सरकार तनावमा छ । राष्ट्र बैंक अनेक उपाय गर्दैछ ।
नयाँ गभर्नर पनि नियुक्त भइसकेका छन् र खस्कदो अर्थतन्त्रलाई कसरी मजबुती पार्ने भन्ने मुख्य चुनौती छ भन्ने उनको धारणा छ । कोरोना कहरका कारण विश्व अर्थतन्त्र नै धरासायी भइरहेको स्थितिमा नेपालको अर्थतन्त्रको के कुरा गर्नु र ? हाम्रो अर्थतन्त्र भनेको रेमिटान्स र आयात अर्थतन्त्र हो । उत्पादन र निकासी साह्रै कमजोर छ हाम्रो । दुई सय मुलुकमा नेपाली छन् र तिनले पठाउने रेमिटान्स पनि कोरोनाका कारण रोकिएको छ । रेमिटान्स रोकिएपछि राजस्वले मात्र दैनिक प्रशासन चलाउन ठिक्क हुनेछ । विकास निर्माण पनि ठप्प हुने निश्चित छ । जतिछिटो कोरोनालाई जित्नु छ, यसका लागि विश्व नै लागि परेका छन् । कोरोनाको विपतले विश्वअर्थतन्त्र नै खस्कदै गएको छ । नेपालको अर्थतन्त्र खस्कनु ठूलो कुरा होइन ।
कोरोना कहरले नेपालीलाई राम्रो शिक्षा दिएको छ । आत्मनिर्भर हुन सकिएन भने कतिसम्मको हाहाकार बेहोर्नुपर्ने रहेछ । सोसल डिस्टान्स कायम राखेर अर्थतन्त्रलाई चलायमान बनाउनै पर्छ । अन्यथा कोरोनाले ल्याउने महामारी र अर्थतन्त्रको दयनीयताले रराष्ट्रिय मेरुदण्ड नै भाँचिने खतरा रहनेछ । नेपाली आआफ्ना घर पुगेका छन्, हिमाल–पहाड–तराई सबैतिर श्रमशक्ति पुगेकाले कोरोनासँग बच्दै उत्पादन गर्न सके र उद्योगधन्दा चलाउन सके मुलुकको बिग्रदो अर्थतन्त्रले त्रास पाउने छ ।