महामारी हो कोरोना भाइरस । यो भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो मानवीय क्षति बोकेर आएको छ । विश्वस्वास्थ्य संगठनले मानव सभ्यताका लागि चुनौती भनेको छ । मानव सभ्यता ठूलो त्याग र बलिदानबाट यहा“सम्म आइपुगेको हो । मानव सभ्यता बचाउने र अगाडि बढाउने दायित्व मानवकै हो । यसकारण वैज्ञानिकहरुले जे जस्तो उपायहरु सुझाएका छन्, यसको औषधि नबनेसम्म ती सुझावहरुको पालना गर्नुको विकल्प छैन । लक डाउन पनि कारगर उपायमा देखिएको छ । चीन, ताइवान, कोरिया, हङकङमा यही उपायको अवलम्बनले कोरोना भाइरस न्यूनिकरण भइसकेको छ । नेपालमा पनि लकडाउन गरेर नागरिकलाई बचाउने र संक्रमण बढ्न नदिने उपाय गरिएकोले प्रत्येक नागरिकको कर्तवय हो, सरकारको आदेश मान्नु । कोरोना भाइरसलाई बढ्नबाट रोक्नु । यसको बिकल्प देखिदैन ।
विश्वमा कोरोना भाइरसले समृद्धि, सुख र आर्थिक कारोवार ध्वस्त पारिसक्यो । झण्डै २ सय राष्ट्रमा फैलिसकेको कोरोना भाइरस तेश्रो विश्वयुद्धभन्दा कम छैन । मानवताविरुद्ध कोरोना भाइरसको यो विश्वयुद्धलाई हामीले जित्ने कि हार्ने ? बा“च्ने बचाउने कि समाप्त हुने, यही चुनौती छ । यही चुनौतीबाट पार पाउन लकडाउनका नियमहरु पालना गरौं, मानवीय क्षतिलाई कम गर्दै बिजयी हौं । कोरोनामाथिको विजय मानवताको विजय हो, हार मानवताको अन्त ।
संक्रमित झण्डै ६ लाख पुगिसके । २७ हजारभन्दा बढीको मृत्यु भइसक्यो । यो क्रम बढ्दै गएको छ । कोरोना भाइरसको अन्त अहिलेसम्म अन्यौलमै छ । यो जैविक हतियार हो कि प्रकृतिको दण्ड, मानव जीवनमा यो रहस्यमय प्रश्न मन्थनमा छ । कोरोना भाइरसका काण, निराकरणबारे विश्वभरि अनेक बहस भइरहेका छन् । वैज्ञानिकहरु दिनरात यसबाट मुक्तिको खोजमा जुटिरहेका छन् ।
आधुनिकताले विश्वग्रामको अवधारणा त विकास ग¥यो । तर कोरोना भाइरसले विश्वग्रामलाई नै उथलपुथल पारिदिएको छ । साह्रै विकसित भनिएका मुलुकसमेत कोरोनाबाट असहाय बनेका छन् । यसको कोपबाट सामान्य नागरिकमात्र होइन, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म पनि परेका खबर आइरहेका छन् । यसकारण प्रत्येक राष्ट्रले आफ्ना नागरिकको अकालमृत्युलाई टार्न अपनाएको सबैभन्दा कारगर उपाय लकडाउन नै हो । आज विश्व नै कोठामा सिमित हुनपुगेको छ । कोरोनाले प्रत्येक मुलुकलाई निरीह र गरीव बनाउ“दैछ । नेपाल अछुतो छैन र नेपालमा साह्रै थोरै ४ जनामा मात्र संक्रमण देखिए पनि युद्धस्तरमा रोकथामका उपायहरु अपनाउनु पर्ने बाध्यता छ । यहीकारण उपचारको विधि अवलम्बन गर्दै लकडाउन गरिएको छ । सरकारलाई साथ दिउ“ ।