संविधानसभादेखि हिन्दुराष्ट्रका लागि लड्ने उद्घोषण गरेको राप्रपाले फेरि हिन्दुराष्ट्र र राजतन्त्रका लागि आन्दोलन, अभियान छेड्ने डंका पिटेको छ । केही नगर्नेले भाषण बढी गर्छ, हुटिट्याउ“ले आकाश थामेको गफ चुट्छ भन्ने कथनजस्तो बनेको छ राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको लागि लड्ने र पुनस्र्थापना गराइछाड्ने कुरा । गर्नेले गफ गर्दैन, गफ गर्नेले माखो मार्दैन । कतै राप्रपाको यसपल्टको डंका पिटान पनि त्यस्तै त होइन ?
०६३ सालमा व्यवस्था परिवर्तन भयो । ०६५ सालमा गणतन्त्र कार्यान्वयन भयो । कतै पनि थिएनन् पूर्वपञ्चहरु । लुके, घरभित्र लुके । परिवर्तनकारी नेताहरुको छत्रछाया“मा लुके । पार्टी परिवर्तन गरेर लुके । पार्टी खोलेर लुके । चुनाव जितेर लुके । तैपनि यिनले केही गरिहाल्लान कि भनेर जनताले चौथो शक्ति बनाइदिए । चौथोशक्ति पटक पटक सत्तामा गयो, स्वार्थमा डुब्यो । गणतान्त्रिक संविधानमा ल्याप्चे ठोक्यो र भनिरह्यो– गणतान्त्रिक राजतन्त्र र हिन्दुराष्ट्र ल्याउ“छौं, ल्याउ“छौं ।
जन्मदै टुक्रे राप्रपा, कहिले जोडिन्छ, कहिले टुक्रिन्छ । फेरि राप्रपा एक भएको छ । एकीकरण गरेर संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रका लागि अभियान छेड्ने र वैकल्पिक राजनीतिक शक्ति बन्ने घोषणा गर्न पुगेको छ । चौथोबाट एकजना बीउमात्र सांसद लिएर झण्डै जिरोमा झरेको राप्रपा बैकल्पिक शक्तिको सपना देखिरहेको छ । सपना देख्नु राम्रो हो ।
न जुट्न बा“की छ, न फुट्न बा“की छ । न हार्न केही बा“की छ, जित्नमात्र बा“की छ । जित्नका लागि चाहिने नैतिकता र चरित्र हो, त्यो केही पनि बा“की देखिन्न । तर मुहान संग्लिए, बहाव संग्लिन्छ । अध्यक्ष कमल थापाले आत्मालोचना गरेका छन् । भूल स्वीकारेका छन् । एकजुट भएर राजतन्त्र र हिन्दुराष्ट्रका लागि लड्ने उद्घोष गरेका छन् । पहिले गाईको पुच्छर समातेर सत्ताको बैतर्णी तर्ने प्रयास गरे पनि अव गीता समातेर कबुल गरेका छन् । त्यो कबुलमा जनताले विश्वास गर्न सक्छन् । किनकि राजतन्त्र र हिन्दुराष्ट्र मान्नेहरु गीतालाई पवित्र मान्छन् । गीता नै समातेर पार्टी फुट्न दिन्न भनिसकेपछि राप्रपाले सही मार्ग समातेकै हो जस्तो लागेको छ ।
अव त राप्रपाले नवजीवन पाउनसक्ला । मुख्य सवाल नैतिकता र चरित्र नै हो । नैतिक बल र चरित्र निर्मँणमा राप्रपा लाग्ला त ?
हाम्रा अर्वपति कता छन् कुन्नी ?
ज्याकमालगायतका चिनिया“ चार अर्बपतिले अमेरिकालाई ५ लाख कोरोना टेस्ट किट्स र १० लाख मास्क दिएछन् । नेपालमा घोषित र अघोषित गरी दश अर्बपतिहरुले राष्ट्र र जनताका लागि केही त्याग गर्नुपर्ने हो ।