Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सम्पा कोरोनाको चेतना खोई ?

१९ सोमबार , फाल्गुण २०७६५ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपातकाल लगाएको छ । प्रत्येक मुलुकले कोरोना भाइरसप्रति चेतना जगाइरहेका छन् र फैलिहाले के गर्ने भनेर राज्यस्तरबाट तैयारी गरिरहेका छन् । चीन पुगेर फर्केका मंगोलियाका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेर जा“च गरियो । नेपालका मन्त्री, बडे छोटे कर्मचारीहरु विदेश भ्रमण गरिरहेका छन्, नेपाल आउने पर्यटकहरु आरामले भित्रिरहेका छन्, कुनै विशेष सचेतना केही पनि देखिन्न । शायद त्यसैले नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ । फैलिहाले के गर्नेभनेर सरकारले विशेष चनाखोपूर्ण तैयारी नगरेकाले पनि कोरोना महामारी नेपालमा फैलिने जोखिम झन बढ्दै गएको छ ।
चीनबाट समेत उडान भइरहेको छ । न एयरपोर्टबाट अथवा अन्य नाकाबाट भित्रिरहेका पर्यटनकहरुलँई क्वारेन्टाइनमा राखिएको छ । एकप्रकारले भन्ने हो भने नेपाल पशुपतिनाथको भरोसामा चलिरहेको छ । नेपालमा कोरोना भाइरस फैलिने उच्च जोखिमप्रति सचेत नहुनुले भोलिका दिनमा ठूलै बिपत आउनसक्ने अनुमान विज्ञहरुले गरेका छन् । अझै पनि विज्ञ, विशेषज्ञहरु भनिरहेका छन्, सरकारले कोरोना भित्रिए के गर्ने भनेर रणनीति बनाउन जरुरी छ । तर सरकार एउटा कानले सुनेर अर्को कानले उडाइरहेछ ।
नेपालमा कोरोना फैलिने सम्भाबनाबारे विज्ञहरुले लेखेका छन– Nepal should do every possible thing to put the coronavirus screening measures in place. A single case exposure can cost a huge price in countries like Nepal.COVID-19 ले चीन बिछिप्त भएका सुरुका दिनहरुमा कुनै कुनै मुलुकहरु चीनको दौडदो आर्थिक उन्नतिमा अव पूर्णविराम लाग्ने भयो भन्ने लागेको होला तर आजका दिनमा चीनमा कोरोना भाइरसको महामारी नियन्त्रण हु“दै गएको छ भने इटली, दक्षिण कोरियालगायतका अन्य पश्चिमा मुलुकहरुलाई कोरोनाले नराम्ररी हल्लाइदिएको छ ।
कोरोना भाइरलले विश्वव्यापी सनसनी मच्चाएपछि प्रत्येक देशले कोरोना भाइरस न्यूनिकरणको नीति अपनाउन बाध्य भएका छन् । पर्यटनमन्त्रीले  नेपाल कोरोनामुक्त मुलुक भनेर पर्यटकहरुलाई आकर्षित गर्दै थिए, उनी पनि हच्किएका छन् र नेपाल जोखिममा छ भन्ने संकेत दिएका छन् । जो नेपाल आउन चाहन्थे, उनीहरुले धमाधम कार्यक्रम, बुकिङ रद्द गरिसकेका छन् । यो समय कोरोना न्यूनिकरण गर्ने र स्वस्थ भएर बा“च्ने समय हो ।
विश्वमा २ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको, हजारौं खतरास“ग जुधिरकेको खबर सार्वजनिक हु“दैगर्दा, नेपालले कोरोनाबारे सोचेको देखिखिदै । सचेतना र जुध्ने तैयारी गरेको छैन । सोचौं सरकार, ढिला होला ।