Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गोकुलपाप र गौदान

१२ सोमबार , फाल्गुण २०७६७ बर्ष अगाडि

पापकर्म अनेक छन् । बिगतलाई पन्छाएर पाप गर्न सकिन्छ, पाप लुकाउन र पापबाट छुटकारा पाउन सकिन्छ भन्ने सोच बढेको छ राजनीतिकर्मीहरुमा । त्यसैले त प्रचण्डले ५ हजारको जिम्मा लिन्छु भने, १२ हजारको जिम्मा सरकारले पहिला लिनुपर्ने भनिरहेका छन् । पापकर्म कानुनको तुलोमा जोखिदैछ, खरी घसिदैछ, अपराधमा मुछिएका व्यक्ति सभामुख बने । जुन सभामुखलाई बलात्कार, नारीहिंसा, असामाजिक काम गरेको आरोप लागेको थियो, जतिसुकै पदीय मर्यादा नाघे पनि अदालतले सुनपानी छर्किदियो । चोखो चोखो भनेपछि उनी चोखिए । अव यसैगरी चोखिने पालो छ कैलाली घटनामा जेल सजाय पाइरहेका सांसद रेशम चौधरीको । उनी कुन गणतन्त्र वा संविधान दिवस कुनै दिन पनि राम्रो व्यवहार देखाएको नाममा छुट्न सक्छन् । आखिर नेकपाले चाह्यो भने नहुने र असम्भव भन्ने कुरो नेपालमा केही पनि छैन भनेर बुझ्न सकिन्छ ।
कम्युनिष्टले काग्रेसलाई समेत हात लिएर राजतन्त्र र हिन्दुधर्म मास्यो, राजावादी र हिन्दुवादी हेरेको हे¥यै छन् । आफूलाई देशभक्त त देश घातक तत्वले पनि भनिरहेकै छन् । ती कति देशभक्त, राजभक्त र हिन्दुधर्म भक्त हुन् जो कम्युनिष्टले ठूला ठूला विभेदकारी र निषेधकारी निर्णय गरिरहदा पनि चुपचाप सहिरहेका छन् । कोठामा भेला भयो भने मर्न मार्न तैयार छौं भनेर कुर्लिन्छन् । राजतन्त्रवादी, हिन्दुवादीहरु चारतिर फर्केर बसेका छन्, एक हुनसक्दैनन्, यिनीहरु एकताको प्रतीक खोजेर हिडेका छन् । यसरी पनि यिनको सपना साकार होला, देशले राहत पाउला र ?
नेपालको कानुनको खेल निराला छ । कसैले काशी काश्मिर अजव नेपाल भन्थ्यो, नेपालको कानुन त्यस्तै छ । भ्रष्टाचार, अनैतिकता, पदीय मर्यादा नाघेका मात्र होइन, ज्यानमारा र देशघातक काम गरेकोजस्तो गम्भीर मुद्दा लाग्छ । तर उनीहरु अदालत पुग्नासाथ बरी हुन्छन् ।
एउटा उदाहरण हेरौं– सञ्चारमन्त्री प्रकरण र सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड भ्रष्टाचारको भिडियो टेप । उनले राजीनामा दिए । चीन, भारत, कोरिया, जापानमा यो प्रकरण भएको भए के हुनेथियो । सहजै अनुमान गर्न सकिन्छ । कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय भएको छ । जापानमा समाजले भ्रष्टाचारी भन्यो भने उनीहरु हाराकिरी अर्थात आत्महत्या गर्छन् । नेपालमा त जेल प¥यो भने त्यो योग्यता हुन्छ, भ्रष्टाचार लाग्यो भने ठूलै कर्म गरेको अर्थ लाग्छ । राजनीति कति तल झ¥यो ।
यसैले अव गोकुलपापको गौदान हुनेछ भनेर आशका उठ्न थालेको छ । बालुवाटार जग्गा काण्डमा महासचिव विष्णु पौडेललाई गौदान गरेर पापमोचन गराइएजस्तै प्रधानमन्त्रीका सबैभन्दा चहेता मन्त्री गोकुल बास्कोटालाई नाटकीय गौदान गरेर चोख्याइन्छ भन्नेमा शंका नगरे पनि हुन्छ तर प्रश्न छ– पाप छोपछाप पार्नु राजनीति असफल हुनु हो ।