कोरोना भाइरसले विश्वलाई पिरेको छ । वैज्ञानिकहरु यसको रोकथामको उपाय खोज्न लागिरहेकै छन् र विश्वस्वास्थ्य संगठन समेत आपातकाल घोषणा गरेर सचेत पारिरहेको छ । तैपनि यो नियन्त्रणमा आइसकेको छैन र यो कोरोना भाइरस कालबाट महाकाल बन्दै गएको छ ।
चीनस“ग सीमा जोडिएको उत्तर कोरियाले समेत विदेशी भूमिबाट आउन सक्ने कोरोना भाइरसको रोकथामका लागि आइसोलेसन प्रणाली लागू गरिसकेको छ । नेपालमा एयरपोर्टमा स्थापना गरेको मेसिनसमेत १० दिनमै बिग्रिसकेको छ र नो प्रोब्लेमका रुपमा भगवान भरोसे चलेकै छ ।
भारतस“ग खुला सीमा जोडिएको नेपालमा जो आए हुन्छ, जो गए पनि हुन्छ । चीनस“ग पनि सीमा जोडिएको छ । तर, चीनले कडाइ गरे पनि नेपालले उचित प्रवन्ध केही गरिसकेको छैन । नेपालमा कोरोनाको जोखिम बढेर गएको देखिन्छ । एकप्रकारले नेपाल पशुपतिनाथले रक्षा गरुन्को हिसावमा देखिन्छ र यसैगरी बा“चिरहेको छ ।
चीनमा रहेका नेपालीको उद्धार गरेर ल्याइएका विद्यार्थीलाई राख्न भनेर भक्तपुर खरिपाटी र विद्युत प्राधिकरणका भवनहरुमा व्यवस्था मिलाइएको छ । फिर्ता ल्याइएका विद्यार्थीजनलाई १४ दिनको क्वारेन्टाइनका लागि त्यही राखिएको छ । व्यापक रुपमा सतर्कता अपनाइएको छ । तर जहा“ जहा“ विद्यार्थी ल्याएर राख्ने प्रवन्ध गरिएको छ, ती क्षेत्रका बासिन्दाले बिद्रोह गरेका छन् । कति बसाइ“सराइ“ गर्दैछन् त कतिले यता राख्न पाइन्न भनेर आन्दोलन गरेका छन् । आन्दोलन दबाउन सरकारले शक्तिप्रयोग गरेका घटना पनि देखिएका छन् । ती विद्यार्थी नेपाली नै हुन् । ती हाम्रै सन्तान हुन् । मुख्य सवाल ती विद्यार्थीले कोरोना भाइरस भित्र्याउन सक्ने र महामारीले मरिन्छ भन्ने भय हो । सरकारले उचित प्रवन्ध गरिसकेपछि र ती विद्यार्थीलाई बचाउने र कदाचित कोरोना भाइरस साथै आएको छ भने त्यसको रोकथामको उचित प्रवन्ध हो । सरकारले गरेकै छ । सरकार हामीले नै बनाएका हौं, सरकारलाई विश्वास गर्नुपर्छ । सरकारले पनि महामारी फैलिएर जनता मरुन् भन्ने ठानेको छैन । ठान्न पनि हुन्न । लोकतन्त्रमा सबै लोकेको अभिभावक हो सरकार । अभिभावकले नराम्रो गर्छु भनेर कसरी गर्ला र ? हो, नीति, नैतिकता र पैसाका मामिलामा सरकार चुकेको छ । सरकार भ्रष्टको खोकिलामा परेको छ । कोरोना भाइरसका सम्बन्धमा सरकारले कुनै कमी नगर्ला । सरकारले घना बस्ती नभएका स्थानमा यस प्रकारका एकाध भवन बनाउन सकेको भए यस्ता समस्याबाट पार पाउन सहज हुनेथियो । सरकार कस्तो छ भने महानगरको फोहर घना बस्ती छेउछाउ डम्प गर्ने, महामारीलाई घनाबस्तीकै छेउछाउ ल्याएर उपचार, हेरचाह गर्ने गर्नु सरकारको कमजोरी नै हो । सरकारले परिआउने समस्यास“ग पार पाउन उचित प्रवन्ध गर्न नसक्नुले अकल्पनीय समस्या बढेका छन् ।